गल्कोट-११ रिघामा नेतृत्व विकास तथा अभिमुखिकरण तालिम सम्पन्न !

कमल पौडेल, गल्कोट रिघा २०७६ जेठ २४ । गल्कोट नगरपालिका वडा नं. ११ को आयोजनामा नेतृत्व विकास तथा अभिमुखिकरण तालिम रिघामा सम्पन्न भएको छ । वडा भित्रका विभिन्न क्षेत्रका ५० जना स्थानियको सहभागिता रहेको तालिमको अधिवक्ता गोविन्द गौतमले सहजिकरण गरका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य रुपा विक, पूर्व गाविस अध्यक्ष होम वहादुर श्रीस, रत्न लक्ष्मी माविका प्रधानाध्यापक तुल वहादुर श्रीस, नेकपाका झविलाल चालिसे, नेपाली काग्रेसका धन वहादुर श्रीस, राष्ट्रिय जनमोर्चाको भक्तिराम पुन, सहभागि आषा श्रीस राना, हरि थापा, हिरा श्रीस, लालमाया काउचा, रामप्रसाद पुन, लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै विहिवार नै रिघामा भएको वडा भेलाले वडा कार्यालयको भवन निर्माण गर्ने र खरको छानालाई विस्थापित गर्ने कार्यक्रमलाई वडा गौरवको आयोजनाको रुपमा संचालन गर्ने निर्णय गरेको छ । भेलाले योजना टुक्रे नवनाउने, आवश्यकताका आधारमा योजनाहरु प्राथमिकिकरण गर्ने लगाएतका निर्णय गरेको वडा अध्यक्ष डम्बर श्रीसले वताए ।

कार्यक्रम वडा अध्यक्ष डम्बर बहादुर श्रीसको अध्यक्षता, वडा सदस्य दल बहादुर बुढाथोकीको स्वागत मन्तव्य तथा सदस्य श्याम श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.