माओवादी केन्द्र तमानखोला–१ र २ को संयुक्त वडा सम्मेलन सम्पन्न !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ चैत १७ । नेकपा माओवादी केन्द्र तमानखोला गाउँपालिका वडा नम्बर–१ र २ को संयुक्त वडा सम्मेलन बुधबार बोङ्गादोभानमा सम्पन्न भएको छ ।

सम्मेलनले दुवै वडामा छुट्टाछुट्टै २५ सदस्यीय वडा समिति गठन गरेको छ । वडा नम्बर–१ मा मोतिप्रसाद गोतामेको अध्यक्षतामा गाउँपालिका स्तरिय समिति गठन गरिएको हो । उपाध्यक्षमा नरबहादुर रसाईली, सचिब तारा राम्जाली, कोषाध्यक्ष हिरा गोतामे र सहकोषाध्यक्ष मोतिलाल घर्ती रहेका छन् ।
नरबहादुर बुढाको संयोजकत्वमा थमबहादुर रोका, पुर्ण रसाईली र चन्द्र रसाईली रहेको सल्लाहकार समिति गठन भएको छ ।

त्यस्तै वडा नम्बर–२ मा झकप्रसाद विकको अध्यक्षतामा वडा समिति गठन गरिएको छ । उपाध्यक्षमा टेकबहादुर रसाईली, सचिब योगेन्द्र घर्ती र कोषाध्यक्ष गौमायाँ घर्ती रहेका छन् ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य प्रकाश घर्तीले माओवादी आन्दोलनमा पछाडि परेको बर्ग समुदायमा राजनितिक जागरण ल्याएको भन्दै त्यसैको उपज अहिलेको समाबेसी प्रतिनिधित्वको सुनिश्चितता रहेको बताए । उनले परिबर्तनका मुद्दालाई संस्थागत गर्दै आर्थिक समृद्धिको बाटोमा मुलुकलाई लैजान माओवादी कै नेतृत्व अबश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा तमानखोला गाउँपालिका ईञ्चार्ज सूर्य सिरपाली, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन नगरपालिका ईञ्चार्ज राजेन्द्र कुँवर, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन नगरपालिका सहईञ्चार्ज चन्द्र अर्याल र नरबहादुर बुढाले माओवादीले उठाएका मुद्धा राष्ट्रिय राजनितिमा स्थापित भएको भन्दै त्यसको कार्यान्वयनका लागि माओवादीकै नेतृत्व आबश्यक रहेको बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.