जिल्लाकै अतिदुर्गम स्थल बडीगाड रणसिँह किटेनीको भेँडीखोरमा एकीकृत घुम्ती सेवा शिविर सुरु !

बागलुङ २०७६ जेठ २४ । जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा बडीगाड गाउपालिका ८ रणसिँह किटेनीमा एकीकृत घुम्ती सेवा शिविर सुरु भएको छ । जिल्लाकै अति दुर्गम मानिने साविक रणसिँह किटेनी गाविस (हाल बडीगाड गाउपालिका ८) मा शुक्रबार एक दिने एकीकृत घुम्ती शिविर आयोजना गरिएको हो । शिविर स्थानीय भृकुटी माविमा सन्चालन गरिएको छ ।

एकीकृत घुम्ती सेवा शिविरमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक कृृष्णहरि शर्मा, जिल्ला जनस्वास्थ्य प्रमुख दीपक तिवारी, जिल्ला प्रशासन कार्यालयका अधिकृत केशव लामिछाने लगायतको टोली हिँजो नै शिविर स्थलमा पुगिसकेको छ ।

नेपाल सरकारको जनतालालाई उनिहरुको घरदैलोमा पुगी सेवा सुविधा उपलव्ध गराउने नीति अनुरुप यो एकीकृत घेम्ती सेवा शिविर सन्चालन गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिए । जिल्लाकै अति दुर्गम मानिने यस क्षेत्रमा घुम्ती सेवा शिविर सन्चालन गर्दा टोलीका सबै सदस्यहरु उत्साहित भएको बताउदै प्रजिअ क्षेत्रीले सेवाग्राहीहरुको चापलाई मध्यनजर गरी भोलिसम्म पनि शिविर सन्चालन गरी सेवा प्रवाह गरिने ईबागलुङलाई बताए ।

शिविरमा जिल्ला प्रशासन कार्यालय बागलुङबाट नागरिकताको प्रमाणपत्र, जिल्ला निर्वाचन कार्याललयबाट फोटो सहितको मतदाता नामावली दर्ता, गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका तर्फबाट स्त्रीरोग सम्वन्धि विशेषज्ञ शिविर, क्षयरोग अन्य सामान्य स्वास्थ्य परिीक्षण गरिने बरीष्ठ जनस्वास्थ्य प्रशासक तिवारीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका तर्फबाट सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्वन्धी जनचेतनामुलक भिडीओ प्रदर्शन गरी समाजमा जनचेतना फैलाउने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालयय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले ईबागलुङलाई बताए ।

टोलीमा बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजा, प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द सुवेदी लगायत गाउपालिकाको टीम पनि हिँजो नै पुगेको छ । एकीकृत घुम्ती सेवा शिविरमा सहभागी टोली बिहीबार नै बडीगाड गाउपालिकाको खर्वाङ देखी रणसिँहसम्म गाडीमा र त्यहाँ देखी करीब ३ घण्टा पैदल हिँडेर शिविर आयोजना गरिएको भेँडीखोर सम्म पुगेको थियो ।

स्थानीय तह बडीगाड गाउपालिकाबाट अपांगता परिचयमत्र वितरण, कृषि, बन, पशुपंक्षी संवन्धी सेवा प्रवहा एवं विभिन्न घटना दर्ता आदि कार्य गरिने बडीगाड गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले ईबागलुङलाई जानकारी दिए ।

सुवेदीका अनुसार स्वास्थ्य शिविरबाट सेवा प्रवाह सुरु भैसहेको र नागरिकता प्रमाणपत्र, फोटो सहितको मतदाता नामावली दर्ता कार्यक्रम केहि समयमै सुरु हुने छ ।

तस्वीर सौजन्य: देवप्रकाश घिमिरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *