बिपन्न अपांगलाई गिरिराज कुखुराको चल्ला र विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ जेठ २४ । तमानखोला गाउँपालिकामा गाउँपालिका स्तरीय अपाँग सञ्जालव्दारा अपाँगता भएका व्याक्तिहरुका लागि कुखुराका चल्ला र स्टेशनरी सामाग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिकाव्दारा आर्थिक बर्ष २०७५÷७६ मा विनियोजित २ लाख रुपैँया बजेट मध्ये आफनो गाउँपािलकामा रहेका अपाँगता भएका तर अति गरीव र निम्न वर्गका अपाँग व्याक्तिहरुका लागि आयआर्जन गर्ने अभियान स्वरुप गिरीराज कुखुराको चल्ला र विद्यार्थीका निम्ती स्टेशनगरीका सामाग्रि हस्तान्तरण गरिएको हो ।

विहिबार गाउँपालिकाको वडा नं.३ र ४ मा ६९ जनालाई प्रति व्यक्ति १० वटाका दरले कुखुराको चल्ला र ६ जनाका लागि प्रति व्यक्ति एक हजार चार सय रुपैँया मुल्य बराबरको स्टेशनरी वितरण गरिएको हो । अन्य वडामा अभियान जारी रहेको तमानखोला अपाँगता सञ्जालका अध्यक्ष महेश कुमार विकको भनाई छ ।

कार्यक्रमममा तमानखोला गाउँपालिका उपाध्यक्ष मानशरी शेरचन, अपाँगता सञ्जालका सचिब धालेन्द्र छन्त्याल, कोषाध्यक्ष भुलसरा रसाइली लगाएतको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *