कुरा काट्नेले भन्छन्, खुनमा खोट देखिन्छ !

घाममा खोट देखिन्छ जुनमा खोट देखिन्छ।
अनि असली मान्ने त्यो सुनमा खोट देखिन्छ।।

शब्दहरुका हरेक भाव अर्थ गलत अर्थ्याईदा,
त्यसमा भरिने मीठो धुनमा खोट देखिन्छ।।

हरेक भित्र राम्रा नराम्रा आ आफ्नै गुण हुन्छ,
एकोहोरो बुझ्दा म अनि उनमा खोट देखिन्छ।।

एक बिथोल्ने शाखा पिरोल्नेको बिगबिगी छ,
कुरा काट्नेले भन्छन् खुनमा खोट देखिन्छ।।

राम प्रसाद शर्मा
बाग्लुङ
जेष्ठ २३,२०७६ बिहीवार।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *