आजको तस्वीर : जथाभावी सवारी पार्किङ नगर्न सचेतना !

शव्द/चित्र : नारायण गौतम,

बागलुङ २०७६ जेठ २२ । बागलुङ सदरमुकाममा जथाभावी सवारी साधनहरु पार्किङ गर्ने सवारी चालकहरुको लापर्वाहीलाई निरुत्साहित गरी सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरीले विभिन्न तरीका अपनाउन थालेको छ । यसैक्रममा आज जेठ २२ गते बागलुङ नगरपालिका २ महेन्द्र पथ (बालमन्दिर सडक)मा जथाभावीरुपमा पार्किङ गरिएको मोटर साईकलमा ट्राफिक प्रहरीले ताल्चा लगाई दिएको छ ।

विना लाईसेन्स सवारी साधन चलाउने चालकहरु, मापसे गरी सवारी हाँक्ने चालकहरुको सानो लापर्बाहीबाट ठुला ठुला दुर्घटनाहरु घटीरहेकाले यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले कसैलाई मोलाहिजा नगरी कार्बाहीका अपेक्षा गरिएको छ । आशा गरौँ यो प्रयासले निरन्तरता पाउने छ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *