बागलुङ कांग्रेसको राष्ट्रिय जागरण अभियान : कम्युनिष्ट सँग काँग्रेस कहिलै झुक्दन– नेता भण्डारी

बागलुङ, २०७६ जेठ २२ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले काँग्रेस कम्युनिष्ट सँग कहिलै नझुक्ने बताएका छन । नेपाली काँग्रेसले संचालन गरेको राष्ट्रिय जागरण अभियानमाको क्रममा बागलुङ नगरपालिका–९ तित्याङमा आयोजित कार्यक्रममा बोल्दै नेता भण्डारीले देशमा कम्युनिष्ट सरकारको शासनले जनतालाई दुःख दिँदै गएको कारण यसको भण्डाफोरका लागि काँग्रेस कहिलै नझुक्ने बताएका छन । उनले पार्टीका कार्यकर्ताहरुलाई कम्युनिष्टले गरेका अवैध क्रियाकलाप विरुद्ध भण्डाफोरका निम्ती आग्रह पनि गरेका छन ।
पुर्व मन्त्री समेत रहेका नेता भण्डारीले मुलुकको समृद्धिका निम्ती काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति दिपेन्द्र बहादुर थापा पुर्व मन्त्री चम्पादेवी खड्का, पुर्व पार्टी सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, काँग्रेस बागलुङका सचिव नवराज पौडेल, महासमिति सदस्य एंव पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय लगायतले बोलेका थिए । कार्यक्रमको विषयबस्तु प्रवेश काँग्रेस बागलुङका जिल्ला सदस्य ज्ञानु श्रीष शर्माले गरेकी थिईन ।

कार्यक्रममा बागलुङ नगरपालिका आठ, नौ, दश र एघारका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा दुई दर्जन युवाहरु विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका थिए । जसमा जिबन परियार, सुनिल बोहरा, मिलन परियार, तिलकबहादुर खड्का, युद्धबहादुर जिसी, विभ जिसी, टेक बहादुर बोहरा, घडकन बोहरा, सुभाष बोहरा, रबि घर्ती लगायतले नेतृत्व गरेका थिए । नवप्रवेशीलाई नेता भण्डारीले टिका र खादा लगाईदिएका थिए । कार्यक्रम नेपाली काँग्रेस बानपा ९ तित्याङका सभापति राजु खड्का अध्यक्षता सिंगानाका सभापति थम बहादुर कार्कीको स्वागत र बाबुराम केसीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *