जबरजस्ती करणीको आरोपमा तमानखोला गाउपालिकाका कार्यकारी अधिकृत पक्राउ !

बुर्तिवाङ २०७३ चैत १६ । तमानखोला गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत कमलप्रसाद भुर्तेललाई स्थानिय १८ वर्षिया युबतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेकोछ ।

साबिकको बाङ्गादोभान गाबिसका सचिब समेत रहेका भुर्तेलले गएराति करिब ८ बजेको समयमा आफ्नै कोठामा एक युवतीलाई जबरजस्ती करणी गरेको मौखिक जानकारीको आधारमो पक्राउ गरि अनुसन्धान अघी बढाएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाले भुर्तेललाई पक्राउ गरि अनुसन्धान सुरु भएको जानकारी दिए । घटनाको बारेमा अनुसन्धान भईरहेकाले अहिले थप केहि भन्न नमिल्ने प्रनि रानाको भनाई छ ।

राजनीतिक कारणले बोँगादोभानका स्थानीय केहि व्यक्तिहरु सचिव भूर्तेलको बिपक्षमा रहेको र उनिहरुले निज भूर्तेलको कृयाकलाप प्रति चासो राख्दै गरेको अवस्थामा हिँजो रातिको घटना भएको श्रोतको दावी छ ।

भुर्तेललाई अहिले ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा राखिएको छ । अनुसन्धानपछि घटनाको बारेमा थप भन्न सकिने र मुद्दा कसरी अगाडी बढाउने भन्ने एकिन हुने प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.