खार मावि विव्यसका पूर्व अध्यक्ष घिमिरे एवं पूर्व प्रधानाध्यापक जीसीको स्मृतिमा शोक सभा सम्पन्न !

माधब खरेल, ग्वालिचौर खार २०७६ जेठ २१ । खार माध्यमिक बिद्यालयको आयोजनामा शोकसभा सम्पन्न भएको छ् । बिद्याललयका पूर्व प्रधानाध्यापक डिल बहादुर जि सि र पूर्व बिद्यालय ब्यस्थापन समितिका पूर्व अध्यक्ष टिकाराम घिमिरेको नवौँ तथा सातौँ पूण्य तिथीका अवसरमा आज बिद्यालयले एक शोकशभा सम्पन्न गरेको छ । बिद्यालय ब्यस्थापन समितिका अध्यक्ष ध्रुब बहादुर थापाको अध्यक्षतामा वडा न ५ का अध्यक्ष अर्जुन प्रसाद खरेल प्रमुख आतिथ्यता वडा न ५ का वडा सदस्य टिकाराम पुन बि ब्य स सदस्य कृष्ण घिमिरे पूर्व बि ब्य स अध्यक्ष कलाधर घिमिरे गुणानिधि घिमिरे समाजसेबी काजिमान गौचन बाल क्लबका अध्यक्ष सुबास नेपाली रेडक्रसका अध्यक्ष सुबास घिमिरे लगायतको शोकसभा कार्यक्रममा सहभागीता रहेको थियो । उतः शोकशभा कार्यक्रममा बिद्यालयले हार्दिक समबेदना प्रकट गर्दै १ मिनेट मौनधारण गर्दै उहाहरुको फोटोमा माल्यार्पण गरिएको थियो ।

शाकशभा कार्यक्रम बि ब्य सका पूर्व सदस्य कलाधर घिमिरेले शोक मन्तव्य व्यक्त गर्दै स्व डिल बहादुर जि सी ले आफनो जिल्ला छोडी यस बिधालयमा आइ ठुलो योगदान पुराउनु र स्व टिकाराम घिमिरेले खार माध्यमिक बिधालय सन्चालन गर्दा ठुलो भुमिका निभाउनु भएको चर्चा गरेका थिए ।

साथै वडा न ५ का अध्यक्ष अर्जुन घिमिरेले शोक मन्तब व्यत गर्दै पुर्ब प्र अ ले लामो समय सम्म सेवा गरेको चर्चा गर्दै पूर्व बि ब्य स अध्यक्ष टिकाराम घिमिरेले सधै समाजसेवामा लागि परेको र उहाहरुको मुत्यु प्रती सिङ्गो वडा नै दुखित रहेको वताए ।
बि ब्य स अध्यक्ष ध्रुब घिमिरेले उहाहरुको ठुलो योगदान रहेको र उहाँहरुलाई सधै स्मरण गरिरहने बताएका थिए । कार्यक्रमको सन्चालन शिक्षक यज्ञदत घिमिरेले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *