गल्कोटमा ६८ वर्षिया महिलाको रहस्यमय मृत्यु, लुटपाटका लागि हत्या गरिएको आशंका !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ चैत १६ । गल्कोट नगरपालिका वडा नम्बर ३ हटियामा एक बृद्ध महिलाको रहस्यमय मृत्यु भएको छ । आफ्नै घरमा मृत अवस्थामा फेला परेकी रुपा साहनीको धनमाल लुटपाटको उद्देश्यले हत्या भएको आशंका गर्दै आफन्त र स्थानीयले गम्भीर अनुसन्धान गरि अपराधी पत्तालगाई कार्वाहीगर्न प्रहरीलाई अनुरोध गरेका छन् ।

स्थानियका अनुसार मंगलबार राति ८/९ बजे बजे खाना खाने क्रममा कसैले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । ६८ वर्षीया साहानीकोे आँखा र घाँटीमा चोटपटक देखिएकाले हत्या भएको हुन सक्ने मृतकका देबर नर बहादुर साहनीले बताए । साहनीकोे हत्या गरि करिब १२/१३ तोला सुनका गहना लगेको साहनीको भनाई छ ।

आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको दाबी गर्दै घरमा कोही नभएको मौका छोपेर कसैले हत्या गरेको हुनसक्ने भएकाले घटनाको गम्भीर अनुसन्धान गरिदिन आग्रह गरेको स्थानिय खिम साहनीले बताए ।

इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख अर्जुनध्वज अधिकारीले घटना शङ्कास्पद भएको बताउदै प्रहरी टोली पुग्दा रुपाकोे शव खाटमा थियो । स्थानियको सहयोगमा घटनाको खोज अनुसन्धान तिब्र पारिने जानकारी दिए ।

आज बिहान करिब साढे ७ बजे कक्षा ८ मा अध्ययनरत स्थानिय उज्वल साहनीले मृत अवस्थामा देखेपछि स्थानियलाई खबर गरेका थिए ।

मृतक साहनीकी कान्छी बुहारी जापान गएको करिब एक हप्ता भएको छ । जेठी बुहारी छुट्एिर बसेका कारण साहनी घरमा एक्लै बस्दै आएकी थिईन् । साहनीका २ भाई छोरा ७ बैनी छोरी छन, ६ जनाको बिहे भएको छ भने कान्छी छोरी पोखरामा बस्ने गरेको स्थानियको भनाई छ । एउटा छोरा जापान र अर्को छोरा भारतमा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *