बन जोगाउने अभियानमा उपभोक्ताको भूमिकाको उप प्रमुख भुसालव्दारा प्रशंसा !

कमल पौडेल, बडीगाड बागलुङ २०७६ जेठ १८ । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले सामुदायिक वन नेपालकै सफल कार्यक्रम भएको बताशउमन छन् । डुडेवाचौर सामुदायीक वनको रजत महोत्सव तथा विधान संशोधन भेलाको उद्घाटन गर्दै उपप्रमुख भुसालले बनलाई उपयोग गरेर आयआर्जन बढाउन सकिने वताए । पानीकाृे मुहान देखि हरेक पलको अक्सिजन बनले दिने भन्दै बन जोगाउने अभियानमा उपभोक्ताको भूमिकाको प्रशंसा समेत गरे । सरकार सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा अगाडि वढिरहेको भन्दै भुसालले जनप्रतिनिधिको हैसियतले आफू जनताको माझमै रहेको वताए ।

कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष हिमा खरेल, डिभिजन वन कार्यालय खर्वाङका प्रमुख दिपक श्रीस, त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणी भण्डारी, संस्थापक नरिश्वर खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सामुदायिक वनका अध्यक्ष कृष्ण प्रसाद खरेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मन वहादुर थापाले १२ लाख वढिको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सामुदायीक वन उपभोक्ता समितिका संस्थापक सदस्य, सामाजिक क्षेत्रमा योगदान गरेको विभिन्न व्यक्ति तथा जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षता, सदस्य सरस्वती रानाको स्वागत मन्तव्य तथा उपाध्यक्ष मेघनाथ खरेलको सञ्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.