शालिग्राम माबिमा बिद्यार्थीलाई मासिक ७० हजार खर्चेर नि:शुल्क खाजाको व्यवस्था !

माधब पराजुली, पर्वत २०७३ चैत १६ । पर्वतको दक्षिणी भेग बिहादी गाउँपालिका वडा नं.६ शालिग्राम स्थित शालिग्राम मा.बि.सेतीबेणीले बिद्यार्थीहरुलाई निशुल्क खाजा खुवाउने गरेको छ । बिद्यार्थीहरुको शैक्षिक सिकाई उपल्बधि बृद्धि गर्ने उद्देश्यले बालकक्षा देखि कक्षा ८ सम्म पठनपाठन गर्ने बिद्यार्थीहरुलाई निशुल्क खाजाको व्यवस्था गरिएको हो ।

अति बिपन्न, गरिब तथा टाढाबाट आउने बिशेष गरी स—साना बालबालिकाहरुलाई लक्षीत गरी बिद्यार्थी भोकाईमा सिकाई नहुने हुदाँ बिद्यार्थीहरुको सिकाई बृद्धि गर्न बिद्यालयमै निशुल्क खाजाको व्यवस्था गरिएको बिद्यालयका प्र.अ.जोख बहादुर सोनीले जानकारी दिए । टाढाका बिद्यार्थीहरु बिहान ८ बजे खाना खाएर बिद्यालय आउने र बेलुका पढेर घर फर्किदा ५ बज्ने हुदाँ लामो समयको अन्तरालमा बालबालिकामा भोक लागेर पठनपाठनमा असर प¥याउने हुदाँ बिद्यालयमै निशुल्क खाजाको प्रबन्ध गरिएको सोनीको भनाई थियो ।

बिद्यालयमै निशुल्क खाजाको व्यवस्था गरिए पछी शैक्षिक सिकाई उपल्बधी बृद्धि हुनुका साथै टिफिनको समयमा बिद्यार्थीहरु बाहीर जाने र समयमै अध्ययन गर्न कक्षा कोठामा नआउने समस्याको न्यूनिकरण गर्न समेत टेवा पु¥याएको उनको भनाई छ । यस प्रकारको व्यवस्थाले बिधार्थीहरुको पठनपाठन अवस्था सुधारोन्मुख रहेको पाईएको छ ।

उक्त बिद्यालयले २ बर्ष अघि देखिनै निरन्तर रुपमा बिद्यालयको आन्तरीक स्रोतबाट बालकक्षा देखि कक्षा ८ सम्म अध्ययन गर्ने करिब २ सय ५० जना बिद्यार्थीहरुलाई निशुल्क खाजा ख्वाउदै आएको छ । बिद्यालयका अनुसार खाजा तथा नास्तामा मासिक रु ७० हजार खर्च हुने गरेको छ । अहिँले सम्म पर्वतका कुनै पनि बिद्यालयमा बिधार्थीहरु लाई यस्तो कुनै व्यवस्था मिलाइएको छैन ।

२०२८ सालमा स्थापना भएको उक्त बिधालमा पर्वत,स्याङजा र गुल्मीका बिधार्थीहरुले पठनपाठन गर्दै आएका छन् । उक्त बिधालयले आफ्नो आन्तरीक स्रोत जुटाई हरेक बर्ष कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई नि शुल्क पाठ्यपुस्तकका साथै बिद्यालयमा अध्ययनरत सम्पुर्ण बिद्यार्थीहरुलाई छात्रबृति समेत प्रदान गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *