बरेङ गाउँपालिका–२ हुग्दीशिरमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर

बागलुङ २०७६ जेठ १८ । महिलाहरुका लागि लक्षित गरेर जिल्लाको बरेङ गाउँपालिका–२ हुग्दीशिरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजना र स्थानिय बरेङ गाउँपालिकाको सहयोगमा हुग्दीशिर स्वास्थ्य चौकीमा शिविर संचालन गरिएको हो ।

पछिल्लो समयमा महिलाहरुमा पाठेघर खस्ने समस्या र अन्य स्त्री रोग सम्बन्धी समस्या बढदै गएका कारण उनिहरुको उपचारमा गाउँमै केही राहत होस भन्ने उद्देश्यले शिविर संचालन गरिएको स्वास्थ्य कार्यालय बागलुङकी पब्लिक हेल्थ नर्स हरिकाशि पालिखेले बताईन ।

शिविरमा १ सय ३२ जना महिलाहरुको जाँच गरिएको थियो । जसमा पाठेघरको मुखको क्यान्सरको ५९ जनालाई जाँच गरिएको थियो । जाँच गरिएका मध्ये ३ जना महिलामा पाठेघरको मुखको क्यान्सर भएको र १ जना शंकास्पद रहेको पालिखेले बताईन । त्यसै गरी शिविरमा ५५ जना महिलालाई भने कुनैपनि समस्या देखिएको छैन ।

त्यस्तै पाठेघर खस्ने समस्या रहेका १६ जना विरामीको उपचार गरिएको छ । जसमा ९ जनालाई रिङप्रेसरी लगाईएको छ भने बाँकीलाई आवश्यक स्वास्थ्य सल्लाह दिईएको छ । शिविरमा हुग्दिशिर, बाटाकाचौर, धुल्लुबास्कोट र गुल्मीको कालिगण्डकी गाउँपालिका महिलाहरु स्वास्थ्य जाँचका लागि आएका थिए । शिविरमा स्वास्थ्य जाँचका लागि पर्वत अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. हेमा छन्त्याल, गलकोट प्राथमिक स्वास्थ्य केन्द्रका डा. सुजु जम्मरकट्टेल, स्वास्थ्य कार्यालय बागलुङका पब्लिक हेल्थ नर्स हरिकाशि पालिखे, परिवार नियोजन सुपरभाईजर गणेश सुवेदी, नारायण रेग्मी, धौलागिरी अञ्चल अस्पतालमा अनमी कान्तादेवी शर्मा र स्थानिय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मिहरुको सहभागि रहेको थियो ।

शिविर शनिबार सल्यान स्वास्थ्य चौकीमामा संचालन हुने भएको छ । पछिल्लो समयमा ग्रामिण भेगका महिलाहरुमा पाठेघर खस्ने समस्या बढदो क्रममा देखिदै आएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । शिविरको उदघाट्न कार्यक्रम बरेङ गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवं प्रवक्ता नरबहादुर विकको अध्यक्षता स्वास्थ्य शाखा संयोजक पदम बहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.