बागलुङमा रा.प्र.पा संयुक्त गठन, अध्यक्षमा श्रेष्ठ चयन !

कोपिला कंडेल, बागलुङ २०७६ जेठ १८ । बागलुङान राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र एकिकृत राप्रपा राष्ट्रबादी बिच सहमति कायम गरी राप्रपा संयुक्त गठन गरिएको छ । दुई पार्टी बिचको एक भेलाले शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयां कार्य समिति गठन गरेको हो । रा.प्र.पा संयुक्त केन्द्रिय कार्यालय काठमाण्डौको निर्देशनमा पुर्ब मन्त्री एबं रा.प्र.पा संयुक्तका केन्द्रिय सदस्य जगत गौचन र केन्द्रिय सदस्य राम बहादुर साहितको बिशेष उपस्थीतिमा नयां कार्य समिति गठन गरेको बताईएको छ ।

समितिको उपाध्यक्षमा मन प्रसाद घर्ती सचिव जयलाल सापकोटा कोषाध्यक्ष पार्वती शर्मा सहसचिव मेघध्वज मल्ल रहेका छन् ।

त्यसैगरी समितिका सदस्यहरुमा तेजेन्द्र चन मान बहादुर सिहं बालाराम गुरुङ्ग हरी प्रसाद श्रेष्ठ दुर्गा बहादुर बुढा प्रेम बहादुर घर्ति सेर बहादुर राना ज्ञाने कामी गिता थापा प्रचण्ड राजभण्डारी तारा बिक र सुनिता परियार रहेको नवगठित राप्रपा संयुक्तका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.