तमान – २ मा सार्वजनिक सुुनवाई : वडाका हरेक गतिविधिहरु पारदर्शी बनाउन जनप्रतिनिधिहरु प्रतिवद्ध !

हेम विश्वकर्मा बुर्तिबाङ २०७६ जेठ १७ । तमानखोला गांउँपालिकाको वडा नं.२मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७५÷७६ मा विनियोजित बजेट तथा योजनाको कार्यसम्पदान पश्चात हालसम्म भएगरेका कार्य प्रगतिको बिषयमा स्थानीय जनताको गुनासो, सुझाब, सल्लाह समेट्दै अगाडी बढ्ने र जनप्रतिनिधीलाई जनताप्रति उत्तरदायि बनाउने उदेश्यका साथ गाउँपालिकाले सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम तथा आर्थिक बर्ष २०७६÷७७ का लागि योजना छनौट कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही अनुरुप सुसासन, जबाफदेहीता र पारदर्शिताका लागि सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

तमानखोला गाउँपालिकाको आयोजना, सामुदायिक रेडियो परिवर्तन र रेडियो ढोरपाटनको सहजिकरणमा आज २ नंम्बर वडामा कार्यक्रम सम्पन्न भएको हो । वडा नं २ का वडा मिन बहादुर घर्तीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा बासि जनताले आफ्नो वडामा भएगरेका काम कारवाहिका बिषयमा गुनासो, सुझाब, सल्लाह दिँदै वडालाई थप समृद्ध बनाउमा सबैले सहकार्य गरेर अगाडी बढिरहेको र आगामि दिनमा समेत जनताको आवस्यकतालाई मध्यनजर राख्दै वडा कार्यालय र गाउँपालिका अगाडी बढ्नुपर्ने स्थानीयको भनाइ थियो ।

वडा स्तरको कार्यक्रम, योजना सम्पादन र सेवा प्रवाहका बिषयमा स्थानियले राय तथा सुझाब पेश गरेका थिए । कार्यक्रममा स्थानीयको तर्फदेखि नेकपाका नारायण सुनार , नरेन्द्र छन्त्याल, देव बहादुर विश्वकर्मा, निम बहादुर सिर्पाली, नर बहादुर घर्ति, योगेन्द्र पुन लगाएतले हालको वडा कार्यलय भौगोलिक हिसाबले सबै स्थानियलाई पायक नपरेको भन्दै त्यसलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्न जोड दिएका थिए ।

साथै स्थानियले शिक्षा स्वास्थय, बिकास निर्माण, खानेपानी बिधुत् र वनका बिषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए । कार्यक्रमका अवसरमा सहभागिबाट उठेका प्रश्न, जिज्ञासाको बिषयमा वडा अध्यक्ष घर्तीले , जवाफ दिदै चालु आर्थिक बर्षमा आफ्नो वडामा १ करोड ७ लाख बिनियोजन भइ ७५ प्रतिशत कार्यसम्पादन भएको र ती योजना मध्य केही योजना अहिले पनि सञ्चालनमा रहेको वडा अध्यक्ष घर्तीले जानकारी दिएका थिए । यस्तै आर्थिक बर्ष ०७६÷७७ का लागि वडा भेला बाट योजना संकलन गरी १ करोड बराबरको योजनाहरु गाउँपरिषद्मा पेश गर्ने तयारि भइरहेको समेत उनको भनाई थियो । साथै कार्यक्रमा स्थानियले नबुझेका योजना तथा कार्यक्रमका बिषयमा गाउँपालिकाका अध्यक्ष बुढा र प्रमुख प्रसासकीय अधिकृतले समेत प्रष्ट पारेका थिए ।

यस्तै सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि एंब तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै विकास निर्माण देखि हरेक कार्यसम्पादनमा जनताको चासो, गुनासो, एवम सुझाब सल्लाह प्राप्त भएमात्र जनप्रतिनिधी अगाडी बढ्ने बताउँदै समाज रुपान्तरणमा जनताको भुमिका महत्वपुर्ण हुने बताए । उनले जनताप्रति उत्तरदायी वनाउनका निम्ती जनता स्वयम् सचेत हुनुपर्ने र जनप्रतिनिधीसँग सम्मोन्य गरेर अगाडी बढ्न सकेमा गाउँपालिका अगाडी बढ्ने बताएका थिए । उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद गौतमले आर्थिक बर्ष २०७५÷७६ मा गाउँपालिकामा भएका कार्ययोजना र प्रगतिका विषयमा प्रकाश पारेका िथए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बुढाको प्रमुख आतिथ्यता, उपाध्यक्ष मानसरी शेरचन , प्रमुख प्रसासकिय अधिकृत कमल प्रसाद गौतम बिशिष्ट आतिथ्ता , जिल्ला सामन्वय समितिका सदस्य झक प्रशाद बि.क, वडा सदस्यहरु रनकुमारी बि.क, गौमाया घर्ति, बोङ्गादोभान प्रहरी चौकीका इन्चार्ज पदम नेपालीको आतिथ्यता आतिथ्यता रहेको कार्यक्रम कार्यपालिका सदस्य गौमाया घर्तिको स्वागत, रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा गाउँपालिकाले जेष्ठ नागरीक ९५ बर्षिय जैसाकला कामीलाई रु. २ हजार रुपैया सहित गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सम्मान गर्नुभएको थियो । गाउँपालिकाले सञ्चालन गरेको वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं २, ३, ४, ५ र ६ नम्बर वडामा सकिएको छ भने आइतबार नं. १ मा हुने गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.