ब्राइट लोट्स एकेडेमी बोर्डिङ स्कुलमा शिक्षक र अभिभावक बिच अन्तरक्रिया सप्पन्न !

सबिता खत्री, गल्काेट २०७६ जेठ १७ । ब्राइट लोट्स एकेडेमी बोर्डिङ स्कुल हिलमा आज शिक्षक र अभिभावक बिच अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ। शिक्षण सिकाइ प्रक्रियालाई ब्यबस्थित बनाउनुको साथै बिद्यार्थी अभिभावक शिक्षक सबैमा सदभाब असल आचरणको बिकास होस भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा करिब ४५ जना अभिभावकको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा उपस्थित सबैले अा आफ्नो बिचार राखेका थिए ।उक्त कार्यक्रमको सहजीकरण प्रिन्सिपल मिलन चोखाल लगायत सम्पुर्ण शिक्षकहरुले गरेका थिए ।उपस्थित अभिभावकहरुले पहिले भन्दा अहिले शिक्षण सिकाइ देखी लिएर हरेक पक्षहरुमा धेरै परिवर्तन भएकोमा आफुहरुलाई खुसी लागेको बताएका थिए । बिद्यार्थीहरुलाई घरमा कस्तो बाताबरण सिर्जना गर्यो भने शारीरिक मानसिक असर पर्दैन कसरी शिक्षण सिकार प्रभावकारी हुन्छ भन्ने विषयमा प्रोजेक्टरको माध्यम बाट सम्पुर्ण अभिभावकहरु लाई सोहि विषयमा केन्द्रिय भिडियो समेत देखाइएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.