ताराखोला वडा न १ मा महिला नेतृत्व बिकास र स्वास्थ शिक्षा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन !

पूर्णभद्र निउरे, ताराखोला २०७६ जेठ १७ । ताराखोला गाउँपालिकाको आर्थिक सहयोग र अमरभुमी महिला समुहको आयोजना मा वडा न ४ मा जनता संग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ ।

जनताका गुनासा र सुझावहरु लिदै आगामी बर्षको नीति कार्यक्रम प्रभावकारी बनाउने उदेश्यले संचालन गरिएको कार्यक्रममा गाउँपालिकाले जनाएको छ । जनतासंग जनप्रतिनिधि कार्यक्रम गर्नुको उद्देश्य बारेमा उप- प्रमुख दिल कुमारी पुनले जानकारी गराएकी थिइन ।

वडा न ४ का स्थानियले आफ्नो वडा भित्रका सडकहरुको मर्मत र निर्माणमा कम प्राथमिकता दिएको ,लक्षित बर्गको बजेट कम भएको, कृषि क्षेत्रको कार्यक्रम प्रभाबकारी नभएको जस्ता गुनासा राखेका थिए ।

स्थानीयले राखेका जिज्ञासा र गुनासाका विषयमा स्थानीयको प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले सिमित साधन र स्रोत का बिच जनताका समस्या र आबश्यकतालाई मध्यनजर गरेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उनले गाउँपालिकाले लिएका कार्यक्रम र योजनालाई सफल पार्न आ आफ्नो ठाउँबाट लाग्न आग्रह गरे ।

प्रशासनिक क्षेत्रमा उठेका प्रश्नको जवाफ प्रशासकीय अधिकृत राम प्रसाद शर्माले दिनु भएको थियो । वार्ड अध्यक्ष जित बहादुर खत्रीले पनि जनताको प्रश्नको जवाफ दिएका थिए ।

कार्यक्रममा गाउपालिकाकी उपाध्यक्ष दिल कुमारी पुन ,प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा रोजगार कार्यक्रम संयोजक सलोनि थापा, महिला तथा बालबालिका साखा प्रमुख अमृता पुन लगाएतको उपस्थिती सहित वडा न ४ भित्रका स्थानीयको सहभागी ता रहेको थियो।

सोही अबसरमा ताराखोला गाउँपालिकाले वडा न ४ भित्र का १२ जना जेष्ठ नागरिकलाई फुल माला, र १/१ सेट फाइबर को सिरक सहित सम्मान गरेको छ ।

जेष्ठ नागरिक मनसुर बि क को प्रमुख आतिथ्यता रहेको कार्यक्रम वडा अध्यक्ष जित बहादुर खत्री को अध्यक्षता वडा सचीव जित बहादुर सुनारको संचालन र वडा सदस्य सपनाधरी बुढाथोकीको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.