गल्काेट नगरपालिकादारा नगरप्रमुख विद्यालय स्तरिय रनिङ शिल्ड खेलकुद प्रतियोगिता गर्ने!

गुमानसिंह भणडारी, गल्काेट २०७६ जेठ १७ । गल्काेट नगरपालिकाले नगरप्रमुख विद्यालय स्तरिय रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयाेजना गरेकाे छ । आगामि जेठ २३ गतेदेखि २५ गतेसम्म विविध खेलकुदका कार्यत्रम आयाेजना गरिएकाे नगरप्रमुख भरत शर्मा गैरेले बताए ।

नगरपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखाले नगरभित्रका सामुदायिक र सस्थागत विद्यालय स्तरिय छात्र, छात्रा भलिवल, १ छात्र, १ छात्रा १ सय, २ सय र ४ सय मिटर दाैड, ४ छात्र र ४ छात्रा १ सय र ४ सय मिटर दाैड अायाेजना गरिएकाे नगरउपप्रमुख रेनुका काउचा मगरले बताए । त्यस्तै छात्र, छात्रा हाईजम्प, लङ्ग जम्प, त्रिपल जम्प र सटपुट प्रतियाेगिताकाे अायाेजना गरिएकाे प्रमुख प्रसाशकिय अधिकृत शिशिर पाैडेलले बताए।

साेहि अवसरमा शैक्षिक प्रदर्शनि, चित्रकला, लाेकनृत्य लगायतका प्रतियाेगिता हुने नगरशिक्षा अधिकारी पदमराज अाचार्यले बताए । गल्काेटमा पहिलाे पटक अायाेजना गर्न लागिएकाे नगरप्रमुख विद्यालय स्तरिय रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत भलिबल खेल राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे आधारमा अंक प्रदान गरिने समितिका सदस्य यम श्रीसले बताए । समितिले उत्कृष्ट मार्चपासलाई ट्रफिकाे ब्यवस्था गरेकाे र खेलाडि तथा प्रतियाेगि यस शैक्षिक सत्रकाे कक्षा १० सम्म अध्ययनरत हुनुपर्ने जनाएकाे छ । खेलकुदका कार्यत्रम २३ गतेदेखि र शैक्षिक प्रदर्शनि, चित्रकला र लाेकनृत्य प्रतियोगिता जेठ २५ गते हुने समितिले जनाएकाे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.