एक हजार दिनका आमाहरुलाई कुखुराको अण्डा र आयो नून वितरण !

बागलुङ (कुस्मीसेरा) २०७६ जेठ १७ । बागलुङ जैमिनी नगरपालिका–९ पैयुँथान्थापका एक हजार दिनका आमाहरुलाई कुखुराको अण्डा र आयोडिन नुन वितरण गरिएको छ ।

नगरपालिकाको आर्थिक सहयोग र सुआहारा परियोजन बागलुङको समन्वयमा वडा भित्र १८ रहेका गर्भवती र सुत्केरी आमाहरुलाई अण्डा र नून वितरण गरिएको हो । त्यस्तै वडा भित्र रहेका एक हजार दिनका आमा र उनको परिवारलाई शिवनको महत्व तथा खाद्य प्रदशनीको बारेमा जानकारी गराईएको थियो । जसमा ३० जना आमा उनको परिवार सहभागी भएको सूआरा बागलुङका फिल्ड सुपरभाईजर सुनिता रेग्मीले जानकारी दिईन ।

कार्यक्रममा उपस्थित आमाहरुलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका व्यवहार परिवर्तनका बारेमा जानकारी गराईएको थियो । साथै आमा र बच्चाका लागि फर्सिको खिर खुवाउने प्रक्रियाको बारेमा जानकारी गराईएको थियो । पैयुँथन्थाप स्वास्थ्य चौकीका हेल्थ असिष्टेण्ट राजेन्द्र थापको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा स्वास्थ्य चौकीका अहेब लक्ष्मी बहादुर केसी र सुआहारका फिल्ड सुपरभाईजर सुनिता रेग्मीले सहजीकरण गरेका थिए । कार्यक्रमको संचालन स्वास्थ्य चौकीका अनमी सनम थापाले गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.