ताराखोला को वडा न १ मा महिला नेतृत्व बिकास र स्वास्थ शिक्षा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न !

पूर्णभद्र निउरे ताराखोला २०७६ जेठ १६ । ताराखोला गाउँपालिका को आर्थिक सहयोग र अमरभुमी महिला समुहको आयोजना मा वडा न १ मा महिला नेतृत्व क्षमता बिकास र स्वास्थ्य शिक्षा सम्बन्धि जनचेतना कार्यक्रम आज सम्पन्न भएको छ ।

ग्रामीण क्षेत्रमा रहेका महिला दिदी बहिनी हरु को ब्यक्तित्व बिकास संगै महिला स्वास्थ्य सम्बन्धि जानकारी गराउने उदेश्य ले कार्यक्रम आयोजना गरिएको महिला संजाल कि अध्यक्ष हिरा पुनले जानकारी दिए ।

कार्यक्रमको सहजीकरण गर्दै ताराखोला गाउँ पालिका का स्वास्थ्य साखा संयोजक संकर बिष्ट र सह संयोजक दिपक खड्काले
बिशेष गरि महिला हरु को नेतृत्व क्षमता बिकास र महिला हरुमा हुने स्तन क्यान्सर , पाठेघर को क्यान्सर जस्ता प्राणघातक रोग हरु संगै मधुमेह , उक्त रक्त चाप जस्ता नसर्ने रोग का लक्षण, बच्ने का उपाय का बारेमा स्पष्ट पारेका थिए।

कार्यक्रममा मन्तव्य राख्दै वडा न १ का अध्यक्ष याम बहादुर श्रीसले समय समयमा हुने यस्ता कार्यक्रमले महिलाहरुको क्षमता अभिबृद्दी मा सहयोग पुग्ने बताए ।

सो अबसर मा कार्यपालिका सदस्य गौरिमाया गुरुङले समेत मन्तव्य राखेका थिए । कार्यक्रम अमरभुमी महिला संजाल कि अध्यक्ष हिरा पुनको अध्यक्षता र सचिब भिम कुमारी घर्तीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.