ताराखोलाको वडा न ३ मा जनतासंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न !

शान्त खत्री मौसम, ताराखोला २०७६ जेठ १६ । ताराखोला गाउँपालिकाले शुरु गरेको जनता संग जनप्रतिनिधि कार्यक्रम आज वडा न ३ हिलमा सम्पन्न भएको छ ।

जनताका गुनासा र सुझाव हरु लिदै आगामी बर्ष को नीति कार्यक्रम प्रभावकारी बनाउने उदेश्यले संचालन गरिएको कार्यक्रममा गाउँपालिकाले जनाएको छ । जनतासंग जनप्रतिनिधि कार्यक्रम गर्नुको उद्देश्य बारेमा उप- प्रमुख दिल कुमारी पुनले जानकारी गराएकी थिइन ।

कृषि, सडक, स्वास्थ, वन र संचार लगाएका विषयमा स्थानीयको प्रश्नको जवाफ दिदै प्रमुख प्रकाश घर्तीले जनताको वास्तविक समस्याको पहिचान गरेर आफु अगाडि बढ्ने कुरामा जोड दिदै,विगतका कमजोरीबाट पाठ सिकेर सबै विकासको काममा लाग्न आग्रह गरे ।

प्रशासनिक क्षेत्रमा उठेका प्रश्नको जवाफ प्रशासकीय अधिकृत राम प्रसाद शर्माले दिएका थिए । वार्ड अध्यक्ष बस्नेतले पनि जनताको प्रश्नको जवाफ दिएका थिए । ।

कार्यक्रममा गाउपालिका की उपाध्यक्ष दिल कुमारी पुन ,प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा रोजगार कार्यक्रम संयोजक सलोनि थापा लगाएतको सहभागीता रहेको थियो । वडा न ३ का सबै जनप्रतिनिधि संगै ३ न. वड का स्थानीयको सहभागीता थियो ।
सोही अबसरमा ताराखोला गाउँपालिकाले वडा भित्र का १२ जना जेष्ठ नागरिकलाई फुल माला, र १/१ सेट फाइबर को सिरक सहित सम्मान गरेको छ ।

जेष्ठ नागरिक यम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम वडा अध्यक्ष डिल बहादुर बस्नेतको अध्यक्षता वडा सचीव डोलराज पौडेल को संचालन र कार्या पालिका सदस्य तेजुमाया भण्डारीको स्वागत मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.