हिलमा सामाजिक विकृति विसंगति विरुद्ध सचेतना मुलक कार्यक्रम !

शान्त खत्री मौसम, ताराखोला २०७६ जेठ १६ । ताराखोला गाउँपालिका वार्ड नम्बर ३ को युवा संजालले जेठ २२ गते सामाजिक विकृति – विसंगति विरुद्ध सचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।

सामाजीक बिकृती र विसंगति विरुद्ध एक दिने प्रशिक्षण कार्यक्रम गरिने अध्यक्ष दुर्गा बहादुर बगालेले बताए । वार्डले लक्षित वर्गलाई छुटाएको रकमले कार्यक्रम गरिने छ । राष्ट्रिय समाचार समिति कार्यालय बागलुङका प्रमुख तथा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम थापा अविरल , ईलाका प्रहरी कार्यालय गलकोटका प्रमुख केशव सिंह थापा , युवा पत्रकार शान्त खत्री मौसमले प्रशिक्षण दिने कार्यक्रम तय भएको सचिव मन्दिप निउरेले बताए ।

सामाजीक विकृति र विसंगतीको अन्त्य गर्दै सम्मुनत समाज निर्माण गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको संजालले जनाएको छ । गाउँपालिका प्रमुख प्रकाश घर्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन गरिने जनाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.