रेसुंगा बहुमुखी क्याम्पस तम्घासले त्रिबिबि अनुदान आयोगद्वारा पायो क्यूएए प्रमाणपत्र !

मनु सुनार, गुल्मी २०७६ जेठ १६ । गुल्मी जिल्लाकै शैक्षिक धरोहरको रुपमा स्थापित रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीले विश्व बिद्यालयको अनुदान आयोगद्धारा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन को प्रमाणपत्र प्राप्त गरेको छ । ०७६ जेठ १२ गते क्वियू,ए.ए प्राप्त गरेपछि बुधवार बिशेष कार्यक्रमको आयोजना गरी खुसीयाली मनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्न आएका भित्रुवन विश्वविद्यालयका सह–परिक्षा नियन्त्रक पशुपति अधिकारीले जो कोहीले चाँहेर (त्तब्ब्) प्राप्त हुन नसक्ने बताए । ‘लगानी हो,प्रक्रिया हो अर्को उत्पादन हो’ यी तिनवटा पक्षहरु मजबुत भएकाले यो उपलब्धी हासिल भएको अधिकारीले बताए । उनले अब गुणस्तरीय शिक्षाका लागि जिल्ला छोडेर जान नपर्ने बताए ।

जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसले शिक्षाको गुणस्तरमा अन्तर्राष्ट्रियस्तरको मान्यता पाएकाले गुणस्तरीय शिक्षाका लागि भौँतारिनु नपर्ने अधिकारीको भनाई छ ।

अब क्याम्पसबाट प्राप्त हुने सर्टिफिकेट अन्तर्राष्ट्रियस्तरको सर्टिफिकेट क्यूएए सर्टिफिकेट प्राप्त गर्दाृ हामी खुसी छौँ ।’ पन्थीले अब क्याम्पसको भौतिक निर्माणका लागि सहयोग प्राप्त गर्ने बताए भने क्याम्पसको पठनपाठनमा राम्रो गर्न सकिने,विपन्न वर्गका लागि सहयोग गर्ने वातावरण सिर्जना हुने उनको भनाई छ । स्नातकतहको कुनै पनि प्राविधिक शिक्षा सञ्चालनका लागि यसले ढोका खोलेको बताए ।

क्याम्पस प्रमुख हरी बहादुर खत्रीले अब क्याम्पसबाट उत्पादन हुने जनशक्ति अन्र्तराष्ट्रिय रुपमा दक्ष छ भन्ने प्रक्रिया क्याम्पसले प्राप्त गरेको बताए । ‘कुनै पनि वस्तु उत्पादन गरेर अन्र्तराष्ट्रिय रुपमा त्यसलाई बेच्नका लागि योग्य छ भनेर अन्र्तराष्ट्रिय गुणस्तर मापचिह्न प्राप्त हुन्छ । त्यसरी नै कुनै शैक्षिक संस्थाले उत्पादन गरेको जनशक्ति अन्र्तराष्ट्रिय स्तरमा आफ्नो क्षमतामा त्यो दक्ष भन्ने प्रमाणिकरण गर्ने प्रक्रिया नै क्यूएए हो ।’ प्रमुख खत्रीले बताए । उनले बसाईसराईका कारण बिद्यार्थी दर घटिरहेको सन्र्दभमा यसले केही रुपमा भएपनि नियन्त्रण गर्न सक्ने बताए ।

्सदरमुकाम तम्घासमा बाजागाजा सहित ¥याली समेत निकालिएबमे थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख रामप्रसाद खनालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.