Sorry, that menu does not exist.
 

सामाजिक सन्जाल फेसबुकव्दारा निसी जनजागरण युवा क्लबको आर्थिक अभियान !

कुम्बिर विश्वकर्मा,२०७३ चैत १६ । ‘समाज सुदृढीकरणमा र रुपान्तरणमा हाम्रो भुमिका ,शान्ति बिकास र परिवर्तनमा युवा एकता’ भन्ने मुल नाराका साथ निसी जनजागरण युवा क्लबले सामाजिक संन्जाल फेसबुक आर्थिक अभियान जारी राखेको छ।
क्लब बिगत २०७० सालमा स्थापना भइ हाल सम्म विभिन्न सामाजिक काम, महोत्सव मनाइदै आएको छ। यस क्लबले समाजमा भएका विभिन्न विभेद अन्त्य गर्ने, युवाहरुलाइ निर्देशीत र संगठित गर्ने र बिकास ,परिवर्तनमा जोड दिने उद्देश्य राख्नुका साथ साथै भर्खरै मात्र नयाँ बर्षको २०७४ सालको भित्ते पात्रोको लागि आर्थिक अभियानमा लागेको ।

उक्त अभियानमा सामाजिक सन्जाल फेसबुकबाट समूह कुराकानी गरि प्रबासबाट ८० हजार बराबर आर्थिक सङ्कलन भएको क्लबले जनाएको छ।

उक्त आर्थिक भित्ते पात्रो प्रकाशन गर्ने र बाकी भएको आर्थिक गाउँ बाटो मर्मत ,पाटी पौवा,धारा मर्मत गर्नुका साथै जातीय छुवाछूत विरुद्ध अभियान , लैंगिक विभेद विरुद्ध अभियान चलाउने क्लबका अध्यक्ष लछुमण छन्त्यालले बताए । क्लबले प्रबासमा रहेका दाजुभाइहरुलाइ आव्हान गर्दै आर्थिक सङ्कलन गरेको र फेरि आर्थिक अभियानमा लाग्न सबैलाई अनुरोध गरेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply