गणतन्त्र स्थापनाका निम्ती काँग्रेसको ठुलो भुमिका —नेता भण्डारी

बागलुङ २०७६ जेठ १६ । नेपाली काँग्रेस बागलुङले संचालन गरेको राष्ट्रिय जागरण अभियान बुधबार बागलुङ नगरपालिका–१३ पैयुँपाटामा संचालन भएको छ । नेपाल टे«ड युनियन काँग्रेस जिल्ला कार्यसमिति बागलुङको आयोजनामा १२ औं गणतन्त्र दिवसको अवसरमा श्रमिक जागरण अभियान संचालन गरिएको हो ।

बलेवा क्षेत्रलाई लक्षित गरी संचालन गरिएको अभियानमा नारायणस्थान र पैयुँपाटामा घरदैलो कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा बोल्दै जागरण अभियानका केन्द्रिय प्रतिनिधि एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले मुलुकमा गणतन्त्र स्थापनाका निम्ती काँग्रेसको ठुलो भुमिका रहेको बताए ।

उनले काँग्रेसका पुर्व सभापति स्वगिय गिरीजाप्रसाद कोईरालाको ठुलो योगदानले देशमा शान्ति स्थापना सँगै गणतन्त्रको स्थापना भएको बताए ।

नेता भण्डारीले देशका महत्वपुर्ण कार्य काँग्रेसका पालामा भएको भन्दै अबको नेतृत्व पनि काँग्रेसले गर्ने बताए । उनले देशमा गणतन्त्र आए पनि अहिलेको सरकारको अराजकताका कारण जनतालाई गणतन्त्र आएको महशुस नभएको बताए ।

कार्यक्रममा काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले मुलुकको शान्ति स्थापनाका निम्ती काँग्रेसले खेलेको भुमिकालाई आज सवैले स्मरण गर्न योग्य रहेको बताए ।

कार्यक्रममा पुर्व राज्यमन्त्री चम्पादेवी खड्का, नेपाली काँग्रेसका पुर्व सभापति प्रकाश शर्मा पौडेल, काँग्रेस बागलुङका सचिव नवराज पौडेल, महासमिति सदस्य भिम श्रीष, कल्पना हमाल पाठक, नेपाली काँग्रेसका क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, टे«ड युनियन काँग्रेसका केन्द्रिय सदस्य दुर्गादत्त आचार्य, गण्डकी प्रदेश उपाध्यक्ष रामप्रसाद अधिकारी, नेविसंघका निवर्तमान केन्द्रिय उपाध्यक्ष एवं काँग्रेस महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदी, सागर परियार, नेपाल तरुणदल बागलुङका उपाध्यक्ष गोविन्द बहादुर पौडेल (गोपाल) नेपाल राष्ट्रिय मगर संघका गण्डकी प्रदेश संयोजक पदम बहादुर पुन लगायतले बोलेका थिए । कार्यक्रममा काँग्रेसका केन्द्रिय निति अनुधसन्धान तथा प्रतिष्ठान सदस्य डा. कुशुमाकर न्यौपाने र प्रजातान्त्रिक प्रध्यापक संका केन्द्रिय उपाध्यक्ष कमलराज सापकोटाले नेपालमा गणतन्त्र स्थापनका निम्ती काँग्रेसको भुमिकाको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रमका विषय प्रवेश नेपाल टे«डयुनियन काँग्रेस केन्द्रिय महिला उपाध्यक्ष शकुन्तला शर्माले गरेकी थिईन ।

कार्यक्रम नेपाल टे«डयुनियन काँग्रेस बागलुङका जिल्ला अध्यक्ष ईश्वर ठाकुर पौडेलको अध्यक्षता,बानपा–१३ पैयुँपाटाका पार्टी सभापति चन्द्रबहादुर खत्रीको स्वागत, टे«डयुनियन काँग्रेसका उपाध्यक्ष सिता सापकोटाको धन्यबाद मन्तव्य र सचिव कुमार प्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.