तमानखोला गांउँपालिका वडा नं.५ खुङ्खानीको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ जेठ १५ । तमानखोला गांउँपालिकाको वडा नं.५ साविक खुं्खानी गाविसमा मंगलबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ मा विनियोजित बजेट तथा योजनाको कार्य सम्पदान पश्चात हालसम्म भएगरेका कार्य प्रगतिको बिषयमा स्थानीय जनताको गुनासो, सुझाब, सल्लाह समेट्दै अगडी बढ्ने र जनप्रतिनिधीलाई जनताप्रती उत्तरदायी बनाउने उदेश्य स्वरुप सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम तथा आर्थिक बर्ष २०७६/७७ का लागि योजना छनौट कार्यक्रम सुरु गरेको हो ।

तमानखोला गाउँपालिकाको आयोजना, सामुदायिक रेडियो ढोरपाटन रेडियो परिवर्तनको सहजिकरणमा मंगलबार वडा नं.५ मा आयोजित कार्यक्रममा वडा अध्यक्ष हिराबहादुर सिर्पालीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाबासी जनताले आफनो वडामा भएगरेका काम कारवाहिका बिषयमा गुनासो, सुझाब, सल्लाह दिँदै वडामा भएका समस्याका बिषयमा आफनो धारणा राखेका थिए ।

कार्यक्रममा स्थानियको तर्फदेखि खुंखानी स्वास्थ्य चौकी प्रमुख दिपक पौडेल, शान्ति माध्यामिक बिद्यालय व्यवस्थापन समिती अध्यक्ष हेमन्त परियार,स्थानीय जीतबहादुर गोतामे,महेश गोतामे,जित बहादुर सुनचौरी,महेश रामजाली, दिल बहादुर हर्मेल,लोक बहादुर बि.क.,हिरामान बि.क,जयप्रकाश सुनचौरी, लगाएतले आआफनो धारणा सुझाब सल्लाह गुनासो लिखित एवम मौखिम रुपमा व्यक्त गरेका थिए ।

कार्यक्रमका अवसरमा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै गाउँपालिकालाई सुशासन, पारदर्शी र जवाफदेही वनाउनका निम्ती सबै जनप्रतिनिधी र स्थानीयबाीिको समन्वय र साथमा अगाडी बढ्न सके गाउँपालिका अगाडी बदढने बताउँदै आफनो गाउँको विकासमा स्थानीयबासीनै जागरुक हुनुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा सहभागिहरुबाट उठेका विषयगत प्रश्नको गाउँपालिका अध्यक्ष बुढा, वडा अध्यक्ष हिराबहादुर सिर्पाली, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद गौतमले प्रष्ट पारेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद गौतमले आर्थिक बर्ष २०७५÷७६ मा गाउँपािलकामा भएका प्रभावकारी कार्यको विवरण प्रस्तुत गरेका थिए । वडा सदस्य च बहादुर बि.क.को स्वागत, रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.