Sorry, that menu does not exist.
 

स्थानीय तहको निर्वाचनमा वृहत बाम एकताको अधिकतम प्रयास गर्न एमाले नेताहरुको जोड !

सुमन सुनार, बुर्तिवाङ २०७३ चैत १६ । नेकपा एमालेलेका नेताहरुले आसन्न स्थानीय तहको निर्वाचनमा बाम तालमेलमा जोड दिएका छन् । जिल्लाका विभिन्न नगर तथा गाउपालिका स्तरीय कार्यक्रमहरुमा बोल्ने नेताहरुले सबै बाम मिलेर निर्वाचनमा जानु पर्ने बताउदै आएका छन् ।

बागलुङ जिल्लाको निसीखोला र तमानखोला गाउँपालिकामा हालै सम्पन्न नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आगामी स्थानीय तहको निर्वाचनमा कसरी जाने भन्ने विषयमा व्यापक छलफल भएको छ ।

कार्यक्रमहरुमा दुबै गाउपालिकाका विभिन्न वडाका अगुवा कार्यकताहरुले आ आफ्नो वडाको संगठनात्मक अवस्थाका विषयमा रिपोर्टिङ गर्दा उनीहरुले समेत वाम एकता गरेर स्थानीय तहको निर्वाचनमा जानु पर्ने कुरामा जोड दिएका थिए ।

तमानखोला गाउपालिकाको बोँगादोभान बजारमा भएको भेलामा जनस्तरमा कार्यकर्ता पुग्नु पर्ने, स्थानीय तहको निर्वाचनमा वृहद बाम एकताको अधिकतम प्रयास गर्नुपर्ने विषयमा कार्यकर्तालाई निर्देशनात्मक प्रशिक्षण दिईएको एमालेका जिल्ला सदस्य केशर छन्त्यालले खुलासा गरेका छन् ।

एमाले जिल्ला सदस्य उदीम छन्त्यालको अध्यक्षता रहेको प्रशिक्षण कार्यक्रममा प्रमुख आतिथी नेकपा एमाले जिल्ला समिति उपाध्यक्ष कृष्ण पाठकले अब हुने स्थानीय निकायको निर्वाचनमा वृहत बाम एकताका साथ जानु पर्ने तथा जारि संविधानको कार्यन्वयनमा समेत ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला उपसचिव विष्णु भुसाल, सचिवालय सदस्य लक्ष्मण पुन, जिल्ला सदस्य केशर छन्त्याल तथा जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष गोकुल शेरचन, निर्वाचन कमिटि सदस्य गोविन्द उपाध्याय, निर्वाचन परिचालन कमिटि संयोजक लिलबहादुर पुन लगायतले मन्तव्य दिएका थिए ।

यसै गरी निसीखोला गाउँ पालिकाको झिवाखोलामा सम्पन्न कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथी ४ नं प्रदेश कमिटि सदस्य प्रेम खरेलले स्थानीय तहको चुनावमा एमाले कार्यकर्ताहरु गाउँ गाउँमा संगठन निर्माणमा जुटनुपर्ने बताउदै बाम एकताका साथ तालमेल गरि चुनावमा जाने वातावरण स्थानीय स्तरबाटै तयार पार्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा निसीखोला गाउँपालिकाका संयोजक रुद्र पौडेलको अध्यक्षतामा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटि सचिव लालबहादुर थापा, प्रदेश नं. ४ का सदस्य टंक पौडेल, नवलपरासी जिल्ला सदस्य मीन लामा लगायतले बोलृका थिए । भेलाले लालबीर लोप्चनको संयोजकत्वमा १ सय १ सदस्यीय निसीखोला गाउँ पालिका निर्वाचन परिचालन समिति समेत गठन गरिएको थियो ।

नेकपा एमाले क्षेत्रीय कमिटि सदस्य रुपा पौडेलको स्वागत मन्तव्य तथा भुमिराज घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply