किन यस्ता दु:खद घटना दोहोरी रहन्छन बडीगाडमा ? दगामा भलिवल पोलले च्यापिएर एक बालकको मृत्यु !

कमल पौडेल, बडीगाड २०७६ जेठ १४ । बडीगाड गाउँपालिका वडा नं. १ दगामा भलिवल पोलले च्यापिएर एक वालकको मृत्यु भएको छ । सोहि स्थानका जंग वहादुर पुनका ७ वर्षिय छोरा निर्मल पुनको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

दगातुन्डाडा प्राविको कक्षा २ मा अध्ययनरत पुनको सोमबार साँझ स्थानीय युवाहरुले वलको नेट तानिरहेको समयमा पोल ढल्दा नजिकै रहेका बेला टाउकोमा गम्भिर चोट लागेको र उपचारको क्रममा मृत्यु भएको स्थानियले वताएका छन्। शवलाई मंगलवार दिउसो पोष्टमार्टमको लागी इलाका प्रहरी कार्यालय हरिचौर पठाइएको छ । सो समयमा खेलीरहेका युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरी चौकी खर्वाङले जनाएको छ ।

गत २०७६ जेठ १ गते बडीगाड गाउँपालिका वडा नं. ६, ठूलावेसीमा मोटर साईकलले ठक्कर दिँदा घ्वाङका १३ वर्षिय अमृत थापालाई लु ३१ प ३६०९ नं. को मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा पोखरामा मृत्यु भएको थियो ।

गत २०७५ साल जेठ २७ गते बडीगाड गाउपालिका ५ साविक ग्वालिचौर २ गौतमटोल बस्ने तुलबहादुर पुनका छोरा स्थानीय सिद्ध प्राविमा कक्षा २ मा पढ्ने ११ वर्षिय कर्ण पुनको विद्युत करेण्ट लागेर मृत्यु भएको थियो । उनी ४ बजे विद्यालयबाट घरतर्फ जाँदे गर्दा बाटोमा बिजुली तार लत्रिएको देखेर केको तार रहेछ भनी समात्दा निजको घटनास्थलमै मृत्यु भएको थियो । लव्दीखोला जलविद्युत आयोजनाको तारमा बाँस ढलेर तार लत्रिएको तारलाई छुँदा निजको ज्यान गएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.