जिज्ञासुका तीन मुक्तक

आफ्नो जित मेरो भने हार खोज्दैछौ किन ?
अजम्बरी मायाको पनि सार खोज्दैछौ किन ?
आफुलाई भन्दा बढी माया गर्दागर्दै तिमीलाई
म बाट नै टाढिने धेरै आधार खोज्दैछौ किन ?

रोइरोइ आँखाबाट आँसु सुकाउन चाहान्न
जिन्दगीमा कसैको मन दुखाउन चाहान्न ।
जीवनको हरेक पल खुसी हुनु सानू तिमी
बिन्ती छ जिबन कहानी फुकाउन चाहान्न ।

उच्च शिर आज झुकेर रुदैछु
पलपल यो मुटु दुखेर रुदैछु ।
कसरी सुनाउ यो मनको पीडा
नदेखुन अरुले भनी लुकेर रुदैछु ।

सबिता खत्री (जिज्ञासु)
ताराखोला गाउपालिका -३
बागलुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.