नेपाल मा बि तारामा बिद्यालय स्वास्थ शिक्षा कार्यक्रम सम्पन्न !

पूर्णभद्र निउरे ताराखोला २०७६ जेठ १४ । नेपाल मा बि तारामा पोषण सम्बन्धि बिद्यालय स्वास्थ शिक्षा कार्यक्रम सम्पन्न भएको छ । ताराखोला गाउँपालिका स्वास्थ शाखाको आयोजना र सुआहारा २ को प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सहजीकरण गर्दै ताराखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शंकर बिष्टले पोषणको महत्त्व , नेपालमा पोषणको अबस्था, सन्तुलित भोजन, हरेक बार खाना चार लागायतका बिषयमा जानकारी गराएका थिए। बिद्यालयका कक्षा ६ देखि माथिका बिद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा सुआहारा २ का फिल्ड सुपरभाइजर किशोर घर्ती मगरले बिद्यार्थीहरुलाई स्वास्थ्य शिक्षाको महत्त्वका बारेमा स्पष्ट पारेका थिए ।

कार्यक्रम स्वास्थ्य शाखाका सह संयोजक दिपक खड्काको संचालनमा सम्पन्न भएको थियो ।

यसै बिच मर्यादित महिनावारी अब काम थालौ भन्ने मुल नाराका साथ छैटौं महिनावारी दिबशका अबसरमा नेपाल मा बि तारामै महिनावारी स्वच्छता सम्बन्धि तालिम सम्पन्न भएको छ । बिद्यालयका कक्षा ६ देखि माथिका करिब ५० जना किशोरीहरुको उपस्थितिमा ब्यक्तिगत सरसफाइ अन्तरगत महिनावारी स्वच्छ्ता सम्बन्धि जानकारी गराइएको ताराखोला गाउँपालिकाकी स्वास्थ्य प्रबर्धक मेनुका पुनले ईबागलुङलाई जानकारी दिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.