कर्मभुमी फाउन्डेसनव्दारा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण !

टिकाराम भट्टराई, बुर्तिबाङ,२०७६ जेठ १४ । ढोरपाटन नगरपालिका वडा नम्बर २ सेरामा रहेको नव चेतनशील बाल विकास केन्द्रका बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

शैक्षिक क्षेत्रको सुधार सगैँ गरिब विपन्न बालबालिकाको उत्थान सगैं थप हौसला प्रदान गर्ने उद्देश्यका साथ ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङमा रहेका युवाहरुकै सक्रियतामा गठित कर्मभुमी फाउन्डेसनको आयोजनामा नव चेतनशील बाल विकास केन्द्रमा अध्यनरत २५ जना बालकालिकाहरुलाई कपी, पेन्सिल लगायतका शैक्षिक सामाग्री प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष्य कमल भुसालले बताए ।

बाल विकास केन्द्रमा अध्यापक शिक्षिका, अध्यनरत बालबालिकाहरु र फाउन्डेसनकाका सदस्यहरुको सहभागिता रहेको र आज छुटेका बालबालिकाहरुको निम्ति पनि शैक्षिक सामाग्री केन्द्रमा नै प्रदान गरिएको अध्यक्ष्य भुसालले बताए ।

पछिल्लो समय कर्मभुमी फाउन्डेसनले यस क्षेत्रमा रहेका १० ओटा विद्यालयहरुमा विद्यालय पोसाक सहित शैक्षिक सामाग्री प्रदान,विभिन्न प्रकारका शिविरहरु एवंम चेतनामुलक कार्यक्रम गर्दै आईरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.