पत्रकार त्रिपाठीलाई ‘स्वतन्त्र राष्ट्रिय अभियान’को केन्द्रीय प्रबक्ताको जिम्मेवारी !

काठमाडौं, २०७६ जेठ १४ । भ्रष्टाचार र बिसंगति बिरुद्ध जागरण ल्याउन गठित ‘स्वतन्त्र राष्ट्रिय अभियान नेपाल’ को केन्द्रीय प्रबक्तामा चर्चित पत्रकार विनोद त्रिपाठीलाई जिम्मेवारी दिइएको छ । पत्रकारितासंगै देश र जनताका लागि अभियन्ता बनेर स्वतन्त्र राष्ट्रिय अभियानमा खटिने पत्रकार त्रिपाठीले जनाएका छन् । दलगत पत्रकारिताको खुलेर बिरोध गर्दे आएका त्रिपाठीले समाचार र लेख मात्र समाजका जोखिम खालका बिसंगतिलाई सत्यको धरातलमा टेकेर उजागर गर्दे आएका छन् ।

अभियानले सोमबार एक बिज्ञप्ति प्रकाशितगरि डेढ दशक भन्दा बढि ब्यबसायीक पत्रकारितामा जमेका त्रिपाठीले पछिल्लो पटक राष्ट्रिय दैनिकहरुमा कुशलतापुर्वक सम्पादकको भुमिका निर्वाह गरिसकेकाले उनको अनुभव यो अभियानमा प्रभावकारी बन्ने बिश्वास ब्यक्त गरेको छ । अभियानका संयोजक स्वागत नेपालव्दारा जारी बिज्ञप्तिमा ५१ प्रतिशत मत ल्याउनेले मात्र सरकार बनाउन पाउने ब्यबस्था, जनचाहना अनुसार काम नगर्नेलाई सांसद, मन्त्री र प्रधानमन्त्रीबाट फिर्ता बोलाउन पाउनुपर्ने ब्यबस्था, खर्चिलो निर्बाचन प्रणाली रोक्नुपर्ने कानुन, प्रदेशस्तरका सरकारहरु अन्त्य, स्रोत नखुलेको सम्पति राष्ट्रियकरण गर्ने लगायतका मुद्धाहरुमा प्रबक्ता त्रिपाठीको भुमिका शशक्त रहने अपेक्षा अभियानले लिएको उल्लेख छ ।

यो अभियानले अहिलेसम्म ४२ वटा जिल्लामा समिति गठन गरिसकेको छ । हालसम्म बिभिन्न पेशागत दर्जन बिभागहरु गठन गरेर कुनै पार्टीमा आबद्ध नभएका नेपाली नागरिकलाई समेट्दै आएको छ । यो अभियानले सत्तापक्ष र अन्य अन्यायमा परेका नागरिकलाई गोलबद्ध गर्ने र जनताका प्रत्यक्ष समस्यामा जोडदारले आवाज उठाउने, न्यायका लागि काम गर्ने र भ्रष्ट तथा अपराधीहरुलाई समाजबाट बहिष्कार गर्ने लगायतका जागरणका कार्यक्रम ल्याउने संकल्प गरेको संयोजक नेपालले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.