औषधीहरु समयमा उपलब्ध नहुँदा गाउॅपालिका भित्रका जनताको स्वास्थ्यमा समस्या !

निसीखोला (बागलुङ) २०७६ जेठ १४ । निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेलले माथिबाट पर्याप्त औषधीहरु समयमा उपलब्ध नभएको कारण गाउॅपालिका भित्रका जनताले स्वास्थ्य क्षेत्रमा प्राप्त गर्ने सेवा सुविधामा गाउपालिका सदैव प्रतिवद्व रहने बताएका छन ।

निसीखोला गाउॅपालिका वडा नं ५ मा निसी सामुदायिक स्वास्थ्य ईकाइमा सामाजिक परिक्षण कार्यको सार्वजनिकीकरण आम भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । त्यसको लागि अहिले पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुलाई आवश्यकता हेरी सुधार गर्दै लैजाने अध्यक्ष पौडेलको भनाई छ । आम भेला गल्कोट सामुदायिक सेवा केन्द्र बागलुङको आयोजना तथा निसीखोला गाउॅपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

भेलामा स्वास्थ्य संस्थामा सुसासन, पारदर्शिता, ईकाईमा मार्फत उपलब्ध सेवा सुविधा, जनताका गुनासा, सुझाव सल्लाहहरुको विषयमा अन्तरकृया गरिएको थियो । भेलामा सामाजिक परिक्षण कार्यक्रमको प्रस्तुतिकरण सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गरेकी थिइन ।

सो अवसरमा स्थानियले स्वास्थ्य संस्थामा पर्याप्त औषधीहरु नपाएको, सरकारले तोकेका ४६ वटा औषधीहरु मध्य २/४ औषधी मात्र पाप्त गर्ने गरेको, सुत्केरी भत्ता नपाएको, स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रमहरु जानकारीहरु दिने व्यवस्था नभएको लगायतका विषयहरु उठान गरेका थिए ।

आम भेलामा उठेका स्वास्थ्य सम्बन्धि जिज्ञासा तथा सवालहरुको निसीखोला गाउॅपालिकाका स्वास्थ्य संयोजक टोप बहादुर चन्द, निसी सामुदायिक स्वास्थ्य ईकाइका अध्यक्ष तथा वडा अध्यक्ष हर्कमान घर्ती मगर र स्वास्थ्य ईकाइ प्रमुख दिया सुनारले प्रतिवद्वता सहित स्पष्ट पारेका थिए।

कार्यक्रम निसी सामुदायिक स्वास्थ्य ईकाई निसीखोला गाउपालिका वडा नं ५ का अध्यक्ष हर्कमान घर्ती मगरको अध्यक्षता, निसीखोला गाउॅ कार्यपालिका सदस्य मिलन विश्वकर्माको स्वागत र सामाजिक ररिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.