तमानखोला गांउँपालिकाको वडा नं.६ नर्जागाउँमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ जेठ १३ र तमानखोला गांउँपालिकाको वडा नं.६ नर्जागाउँमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाले आर्थिक बर्ष २०७५÷७६ मा विनियोजित बजेट तथा योजनाको कार्यसम्पदान पश्चात हालसम्म भएगरेका कार्य प्रगतिको बिषयमा स्थानीय जनताको गुनासो, सुझाब, सल्लाह समेट्दै अगडी बद्ने र जनप्रतिनिधीलाई जनताप्रति उत्तरदायि बनाउने उदेश्य स्व?प गाउँपालिकाले सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम तथा आर्थिक बर्ष २०७६÷७७ का लागि योजना छनौट कार्यक्रम सुरु गरेको हो ।

तमानखोला गाउँपालिकाको आयोजना, सामुदायिक रेडियो ढोरपाटर्न र रेडियो परिवर्तनको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
सोमरबार वडा नं.६ मा कार्यक्रम सम्पन्न भएको छ । आयोजित कार्यक्रममा वडा अध्यक्ष कुलबहादुर छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा बासि जनताले आफनो वडामा भएगरेका काम कारवाहिका बिषयमा गुनासो, सुझाब, सल्लाह दिँदै वडालाई थप समृद्ध बनाउमा सबैले सहकार्य गरेर अगाडी बढिरहेको र आगामि दिनमा समेत जनताको आवस्यकतालाई मध्यनजर राख्दै वडा कार्यालय र गाउँपालिका अगाडी बढ्नुपर्ने स्थानीयको भनाइ थियो ।

कार्यक्रममा स्थानीयको तर्फदेखि बुद्धिराम विक, चित्र छन्त्याल, दलबहादुर विक, खिम विक, रमेश कुमार छन्त्याल, मनु विक लगाएतले आफनो धारणा लिखित एवम मौखिक ?पमा प्रस्तुत गरेका थिए ।

कार्यक्रमका अवसरमा सहभागिबाट उठेका प्रश्न, जिज्ञासाको बिषयमा वडा अध्यक्ष छन्त्यालले जवाफ सँगै चालु आर्थिक बर्षमा आफनो वडामा ९५ लाख बजेट विनियोजन भइ १५योजना रहेकोमा अधिकाँस योजना सम्पादन भइसकेको र विद्यालय भवन, सडक निर्माणका काम अन्तिम चरणमा पुगिसकेको बताउँदै जनताको साथ र सहयोगका कारण आफुह?लाई विकास निर्माणमा सहजता प्राप्त भइरहेको बताए ।

त्यसैगरी तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै विकास निर्माण देखि हरेक कार्यसम्पादनमा जनताको चासो, गुनासो, एवम सुझाब सल्लाह प्राप्त भएमात्र जनप्रतिनिधी अगाडी बद्ने बताउँदै समाज रुपान्तरणमा जनताको भुमिका महत्वपुर्ण हुने बताउनु भयो । उहाँले जनताप्रति उत्तरदायी वनाउनका निम्ती जनता स्वयम सचेत हुनुपर्ने र जनप्रतिनिधीसँग सम्मोन्य गरेर अगाडी बद्न सकेमा गाउँपालिका अगाडी बढने बताए ।

कार्यक्रमका अवसरमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले आर्थिक बर्ष २०७५÷७६ मा भएका कार्ययोजना र प्रगतिका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य हिरामान कामी, गाउँपालिका लेखापाल यमबहादुर थापा, वडा सदस्यह? मैनादेवी छन्त्याल, निर्मलादेवी बिक, लोकबहादुर छन्त्याल, थमप्रसाद रसाइली, वडा सचिव मुकेश रावत, सहायक महिला विकास निरीक्षक सञ्जु सर्मा, शव इन्जिीनियर अर्जुन यादव, कृर्षि प्राविधिक मोती न्यौपाने, पशु विकास प्राविधिक थमकुमारी घर्ति, विष्णु आधारभुत विद्यालयका प्रअ ओमप्रसाद छन्त्याल, खुँखानी स्वास्थ्य इकाइ प्रमुख लक्ष्मि छन्त्याल लगाएत स्थानीय समाजसेवी, बुद्धिजिवी, राजनैतिक दलका पदादिकारीको आतिथ्यता रहेको कार्यक्रम वडा सदस्य निर्मला देवी बिकको स्वागत, रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै कार्यक्रमका अवसरमा वडा स्तरीय योजनाको छनौट कार्यक्रम समेत सु? गरीएको छ ।

जसमा स्थानीय बासिले विभिन्न महत्वपुर्ण योजनाको छनौट गरेका छन् । योजनामा सडक, विद्युत, खानोपनी, विद्यालय भवन निर्मँण, खेलकुद भवन, हेलीप्याड स्थल निर्माण लगाएतका योजना छनौट गरेका छन् । कार्यक्रममा गाउँपालिकाले ९० बर्ष पार गरेका ७ जना जेष्ठ नागरीकलाई प्रति व्याक्ति ? २ हजार रुपैया सहित गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सम्मान गरेका थिए ।

गाउँपालिकाले सञ्चालन गरेको वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम मँगलबार वडा नं.५, बुधबार वडा नं.४,विहिबार वडा नं.३ शुक्रबार वडा नंंं.२ र आइतबार वडा नं.१ मा हुने गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.