बुर्तिवाङमा फेला प-यो बम जस्तो देखिने शंकास्पद प्लाष्टिकको पोको !
बुर्तिवाङ र हटिया बजार बन्द : सवारी ठप्प, शैक्षिक संस्था खुलेनन्, बडीगाड, बन्दको प्रभाव मुक्त ! !

बुर्तिवाङ २०७६ जेठ १३ । बागलुङ जिल्लाको पश्चिम व्यापारिक केन्द्र ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ बजार यो समाचार लेखिरहँदा बन्द छ । बिप्लव बन्दका कारण आज बिहानै देखी बन्द रहेको बुर्तिवाङ बजार विहान ८ बजेतिर छोटो र लामो दुरीमा चल्ने सवारी साधनहरु नचलेपनि बजार खुलेको थियो । तर अहिले सबै पसलहरु बन्द छन् । विद्यालयहरुको पठनपाठन प्रभावित बनेको छ ।

रिभरहेड बोर्डिङ स्कूल नजिकै सडकको कुनामा प्लाष्टिकले बेरेको सानो शंकास्पक बस्तु
बुर्तिवाङ बजारको रिभरहेड बोर्डिङ स्कूल नजिकैको सडकको कुनामा प्लाष्टिकले बेरेको सानो शंकास्पक बस्तु फेला परेपछी बजारबासी त्रसित बनेर पसलहरु बन्द गरेको स्थानीयले बताएका छन् ।

शंकास्पद बस्तुका बारेमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रनि ओम प्रकाश यादवसंग जिज्ञासा राख्दा सडकको छेउतिर शंकास्पद बस्तु फेला परेको बताउदै प्लाष्टिकले बेरेको सानो पोको भएकोले आतंक फैलाउनका लागि राखिएको हुनसक्ने आशंका पनि गरिएको छ । बम डिस्पोजल टोलीले जाँच गरेपछी बास्तविकता थाहा हुने प्रहरी निरीक्षक यादवले बताए ।

यसैवीच जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले बुर्तिवाङ बजारमा फेला परेको शंकास्पद बस्तु डिस्पोजल गर्न नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी दिँदै बागलुङ सदरमुकाम शिवधारा चोकमा भेट्टिएको शंकास्पद बस्तु बम नभएकोे बताए ।

शंकास्पद बस्तु प्लाष्टिकको पोको हेर्दै बुर्तिवाङबासी
बडीगाड गाउपालिकाबाट सहकर्मी कमल पौडेलले दिएको जानकारी अनुसार बडीगाड गाउँपालिकाको खर्वाङ, ग्वालिचौर, खार बजार खुलेको छ । शैक्षिक संस्थाहरुमा पठन पाठन सुचारु रहेको छ । लामो दूरीका सवारी साधनहरु चलेका छैनन् । तर गाउपालिका भित्रका सडकहरुमा सवारी साधनहरु सन्चालनमा रहेको सहकर्मी पौडेलले बताए ।

गल्कोट नगरपालिका ३ मा रहेको हटिया बजार पूर्णत बन्द रहेको छ । प्रहरी बिट हटिायाले दिएको जानकारी अनुसार सवारी साधनहरु चलेका छैनन्, बजार पूर्णरुपमा बन्द छ भने विद्यालयहरुपनि बन्दरहेका छन् ।

बुर्तिवाङबाट टिकाराम भट्टराई र दर्शन कुँवरको रिपोर्ट

तस्वीर- दर्शन कुँवर, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.