बिप्लब बन्दले बागलुङ बजार सुनसान : शिवधाराचौकमा शंकास्पद बस्तु (बम ? )भेट्टियो !

बागलुङ २०७६ जेठ १३ । बिप्लब बन्दको प्रभाव बागलुङ सदरमुकाम, गल्कोट हटिया, बुर्तिवाङ बजार लगायतका व्यापारिक केन्द्रहरुमा देखिएको छ ।

बागलुङ नगरपालिका – २ शिवधाराचोकमा विहानै एक शंकास्पद बस्तु (बम ?) फेला परेको छ । यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीसंग सम्पर्क गर्दा शंकास्पद बस्तु भेट्टएको छ, बम हो वा होईन भन्ने नेपाली सेनाको बम डिस्पोजल टोलीले हेरेपछी मात्र थाहा हुने जानकारी दिए ।

सदरमुकामबाट चल्ने लामो र छोटो दूरीका सवारी साधनहरु सन्चालनमा छैनन् । बागलुङ बजारका दुकानहरु खुलेका छैनन् । सदरमुकाम सुनसान छ ।

बिप्लव बन्दको पूर्व सन्ध्यामा राजधानीमा भएको सिलसिलाबद्ध बम विष्फोटन र त्यस्बाट ४ जनाको मृत्युको समाचारले केहि नकारात्मक प्रभाव परेको बताईएको छ ।

उता बुर्तिवाङ बजारमा पनि यातायात ठप्प छ । विहान सन्चालन हुने विद्यालयको पठन पाठन बन्द रहेको छ। भरखरमात्र सहकर्मी छविलाल पाण्डेले दिएको जानकारी अनुसार बुर्तिवाङ बजार खुलेको छ । विहान देखी बन्द बजार भरखरमात्र खुलेको हो ।

बडीगाड गाउपालिका खर्वाङ तथा ग्वालिचौर खार बजारमा पनि बन्दको आँशिक प्रभाव परेको जानकारी प्राप्त भएको छ । गल्कोटको व्यापारिक केन्द्र हटिया बजारमा पनि सवारी साधनहरु सन्चालनमा रहेका छैनन् । बजार बन्द छ ।

जिल्लाको दक्षिण भेगमा रहेको बरेङ गाउपालिकाको बरेङ बजारम बिप्लब बन्दको आंशिक प्रभाव परेको सहकर्मी शेखर थापाले जानकारी दिएका छन् । बिद्यालयहरु सन्चालन हुने नहुने १० बजे पछीमात्र थाहा हुने सहकर्मी थापाको भनाई छ । बरेङ बजार खुलेको छ तर सवारी साधनहरु सन्चालनमा नरहेको थापाले जानकारी दिए ।

तस्वीर- बिमल खड्का ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *