काग्रेसका नेता भण्डारीले भने- ‘श्रीमती राष्ट्रपति हुदा श्रीमानको हत्याको बिषयमा नबोल्नु आफैमा शंकाको बिषय !

ओलीको सरकार सबैभन्दा बढि भष्टाचार, बलात्कार, अराजग गतिबिधि गर्ने सरकार : नेता भण्डारी

गुमानसिँह भण्डारी, गल्कोट २०७६ जेठ १२ । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले मदन भण्डारीको हत्या नेपाली काग्रेसले गरेको भन्दै आन्दोलन गर्ने एमाले अहिले भण्डारीकै श्रीमती राष्ट्रपति हुदा श्रीमानको हत्याको बिषयमा नबोल्नु आफैमा शंकाको बिषय बनेको बताएका छन् ।

नेपाली काग्रेसले देशब्यापि रूपमा संचालन गरेको राष्टि«य जागरण अभियानको त्रmममा बागलुङको ताराखोला गाउपालिकामा आयोजना गरेको कार्यत्रmममा बोल्दै केन्द्रिय सदस्य भण्डारीले यस्तो आरोप लगाएका हुन् । नेता भण्डारीले मदन भण्डारी एमालेका मात्रै नभएर सिङ्गो देशका धरोहर भएका कारण नेपाली काग्रेसले समेत भण्डारीको हत्यारा पत्ता लगाउन दबाब दिईरहेको खुलासा गरे ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुसन्धानको जिम्मेवारि दिए पनि हत्यारा पत्ता लगाउन नसकेको उनको आरोप थियो । त्यस्तै भण्डारीले अहिलेको केपी शर्मा वलीको सरकार सबैभन्दा बढि भष्टाचार, बलत्कार, अराजग गतिबिधि गर्ने सरकार भएको चर्चा गर्दै नेपालमा भएका कम्युनिष्ट धारका पार्टी कहिल्यै पनि लोकतान्त्रिक नहुने बताए ।

अहिले स्थानिय तह देखि प्रदेश र केन्द्र तहसम्म कम्युनिष्ट सरकार भएको ठाउमा नेपाली काग्रेसमा आस्था राख्ने ब्यक्तिलाई दमन गरेको उल्लेख गर्दै भण्डारीले यस्ता अराजग गतिबिधि गर्ने पार्टी कहिलै लोकतान्त्रिक नहुने स्पष्ट पारे। उनले यस अधिको निर्वाचनमा ताराखोलामा माओबादीका कार्यकर्ताले काग्रेसका कार्यकर्ताको मतदाता परिचय पत्र खोस्ने , धम्काउदै गरेको भन्दै आगामी निर्वाचनमा यस क्षेत्रलाई विशेष तरिकाले हेर्ने बताए ।

कार्यत्रममा नेपाली काग्रेसका जिल्ला सभापति दिपेन्द्र थापा, पुर्व सांसद व्दय चम्पादेवी खडका, नर बहादुर पुन निरज, जिल्ला कोषाध्यक्ष उमेश गौतम, क्षेत्रिय सभापति दोर्ण कुमार कुबर, नेपाली काग्रेसका केन्द्रय प्रशिक्षण बिभाग सदस्य एल बि पुन, गल्कोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगर, ताराखोलाका काग्रेसका लली विक, चन्द्रकली रोका लगायतले मन्तव्य राखेका थिए ।

कार्यत्रममा जिल्ला सदस्य सुरेन्द्र बम मल्लले कार्यत्रmमको औचित्य माथि प्रकाश पारेका थिए । सो अवसरमा द्वन्द्व कालमा माओबादिबाट मारिएका र अङ्गभङ्ग भएका परिवार तथा तिनका सदस्यालाई सम्मान गरिएको थियो ।

कार्यत्रम नेपाली काग्रेस ताराखोला गाउपालिकाका सभापति कमलापति पाठकको अध्यक्षता र जिल्ला सदस्य फम खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.