त्रिपुरेश्वर महादेव मन्दिर रामकोटको वार्षिकोत्सव एवं रथयात्रा सम्पन्न!
हिन्दु धर्म र यस्को संस्कार लोप हुदा नेपाली समाजमा विकृति मौलाएकोमा स्वामी ज्ञानानन्द सरस्वतीको चिन्ता !

भरत सापकोटा, बिहुँ (बागलुङ) २०७६ जेठ १२ । काठेखोला गाउपालिका ५ बिहुँकोटमा रहेको श्री त्रिपुरेश्वर महादेव मन्दिर (रामकोट बिहुँ) ले ३६औ बार्षिक उत्सव एवं रथयात्रा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

बागलुङ जिल्लाको प्रशिद्ध त्रिपुरेश्वर महादेव मन्दिरमा गत बर्षहरुमा जस्तै यस बर्षमा रथ यात्रा तथा ३६औ बार्षिकोत्सव समरोह भब्य रुपमा सम्पन्न भएको संचालक समितिका सहसचिब ज्ञाममनाथ कडेंलले ईबागलुङलाई बताए । काठेखोला गाउँपालिकाले पनि वडालाई धार्मिक पर्यटकीय स्थलको रुपमा स्थापित गर्ने कार्ययोजननाका साथ विकास तथा प्रचार प्रसारको ड्राफ्ट प्रदेश सरकारलाई प्रपोजल माध्यमबाट बुझाईएको र यसको बिकासका साथै धार्मिक पर्यटकीय स्थलको रुपमा चाडै स्थापित हुनेमा आफुँ विश्वत रहेको गाउँपालिका अध्यक्ष अमर थापाले ईबागलुङलाई बताए। अध्यक्ष थापाले बह्मलीन स्वामी एवं राष्ट्रसन्त परमानंन्द सरस्वती महराजले ज्ञान आर्जन गरेको ऐतिहासिक धार्मिक तीर्थ स्थल भएको र यस्ले यस क्षेत्रको विकासमा महत्वपुर्ण भुमिका खेल्ने समेत बताए।

हरिहर सन्यास आश्रम देवघाट तनहुँका पीठाधीस सन्त समाजका केन्द्रिय अध्यक्ष एवं परमान्द संस्कृत पाठशाला बिहुँ रामकोटका प्रधान संरक्षक श्री १००८ ज्ञानानन्द सरस्वती महराजले हिन्दु धर्मले सिकाएको संस्कार लोप हुदै जादा समाज बिकृतिले ढाकिसकेको बताए । हिजो धर्मले देखाएको बाटोले समाजमा केहि नराम्रो गर्ने हो भने धर्मले नास गर्छ भन्दै संस्कारिक हुदा विकृतिहरु देखिदैन्थ्यो तर अचेल समाजमा विकृति र विसंगतिले जरा गाडेको भन्दै हिन्दु धर्म र यस्को संस्कार लोप हुदा आम नेपाली समाजमा विकृति मौलाएको भन्दै आम नेपालीहरु बेलैमा सचेत रहन र हिन्दु धर्मको संरक्षणमा लाग्नु पर्ने बताए।

सो रथयात्रा समारोहमा बागलुङ, छिमेकी जिल्लाहरु म्याग्दी, गुल्मी पर्वत लगायत दाङ, चितवन, नवलपरासी लगायततबाट धेरै जसो क्षत्रबाट सहभागिता रहेको संचालक समितिका सदस्य चिरन्जिवी कडेंलले जानकारी दिए ।

मन्दिर संचालक समितिका अध्यक्ष गौरिशंकर शर्मा सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संचालन सचिब हरि प्रसाद कडेंलले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply