मोटरसाईकलको ठक्करबाट इस्कोनका प्रमुख भण्डारी घाईते !

बागलुङ २०७६ जेठ १२ । बागलुङ नगरपालिका २ शिवधाराचोकमा ध १ प ४२०२ नंबरको मोटरसाइकलले ठक्कर दिँदा इस्कोन बागलुङका प्रमुख परमेश्वर अच्यूतदास (प्रदिप भण्डारी) घाईते भएका छन् ।

शनिवार साँझ पख बागलुङ नगरपालिका ६ लहरेपिपलका वर्ष २६ का अनुराग सापकोटाले मादक पदार्थ सेवन गरी चलाएको मोटरसाइकलले ठक्कर दिँदा भण्डारीको दाहिने हातको औँलाहरुमा चोट लागेर सामान्य उपचारपछी घर फर्किएको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी नायब उपरीक्षक (सूचना अधिकारी) झविन्द्र भट्टराईले जानकारी दिए ।

मोटरसाईकल चालक सापकोटा प्रहरीको नियन्त्रणमा रहेको र मापसे गरी सवारी चलाएको अभियोगमा कार्बाही हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.