ताराखोला गाउँपालपालिका वार्ड न ४ मा नेकपाको सपथ ग्रहण कार्यक्रम सम्पन्न !

पूर्ण भद्र निउरे, ताराखोला २०७६ जेठ १२ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ताराखोला गाउँपालिका वार्ड न ४ का पदाधिकारीले सपथ ग्रहण गरेका छन ।

नेकपाका ताराखोला गाउँपालिका अध्यक्ष पदम खत्री दिवसले नव गठिन समितिलार्ई सपथ ग्रहण गराएका थिए । नेकपा एमाले र माओवादी केन्द्र एकिकरण घोषणा भएको करिब १ वर्षपछि बडा कमिटिले पुर्णता पाएसँगै सपथ ग्रहण गराईएको हो । ताराखोला गाउँ पालिका का ५ वडा मध्य २, ३ र ४ मा शपथ ग्रहण सकिएको र बाकी वडा मा पनि तत्कालै गर्ने कार्य तालिका रहेको गाउँ कमिटीले जनाएको छ ।

शपथ ग्रहण कार्यक्रम बोल्दै मा नेकपाका पालिका अध्यक्ष पदम खत्री (दिवस)ले जनता ले महसुस गर्ने गरि पार्टी ले नयाँ ढंग बाट काम गर्ने भन्दै विकास र परिवर्तनको पार्टी नेकपा बाहेक अरुको विकल्प नरहेको बताए ।

कार्यक्रममा जिल्ला कमिटी सद्स्य धन बहादुर खत्री , नरेश के सि र वडा न ४ का वडा अध्यक्ष जित बहादुर खत्री लगायत ले मन्तव्य राखेका थिए ।

वडा समिति अध्यक्ष कुल बहादुर खत्री को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिब मनबिर बि क ले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *