वर्तमान सरकारले दलितमाथि बिभेदकारी ब्यबहार गरेको काँग्रेस नेता विश्वकर्माको आरोप !

ढोरपाटन नगरपालिकामा बढ्दै गएको अनियमितताप्रति पार्टीको ध्यानाआर्कषण

हेम विश्वकर्मा, बुर्तिबाङ २०७६ जेठ ११ । बर्तमान सरकारले नेपाली जनतामा भ्रमको खेती गरेको नेपाल दलित संघका केन्द्रीय अध्यक्ष नेपाली काँग्रेसका केन्द्रिय सदस्य, एवं पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्माले बताएका छन् । नेपाली काँग्रेसले सञ्चालन गर्दै आएको जागरण अभियान अन्तरगत, नेपाल दलित संघ बागलुङको आयोजनामा बुर्तिबाङ बजारमा सञ्चालित उत्कृष्ट बिद्यार्थी सम्मान एबं जागरण सभालाई संबोधन गर्दै काँग्रेस नेता विश्वकर्माले, वर्तमान सरकारले दलितमाथि बिभेदकारी ब्यबहार गरेको भन्दै त्यसको बिरुद्ध आफु र आफ्नो पार्टी सशक्त भएर उभिन यो अभियान सञ्चालन गरेको बताए ।

नेकपा सरकारले ल्याएको भुमि सम्बन्धी ऐनमा दलितलाइ नसमेटिएको , सुकुम्बासी हरुको बेदनालाई नबुझि बालुवाटारमा जग्गा अतिक्रमण गर्नु सरकारको लाजमर्दो शैली भएको दाबी गरे ।

जनतालाई आफूमाथि अन्यायको अनुभुति हुँदा, समस्या पर्दा, भ्रष्टाचार र अनियमितता भएको थाहा पाउँदा आवाज उठाउनु लोकतान्त्रिक अभ्यास भएको बताउँदै नेता विश्वकर्माले ,यसरी लोकतन्त्रलाई नै धरापमा पार्नेगरी गरिएका सरकारी सबैयाहरुको विरुद्ध आवाज उठाउन काँग्रेसले जागरण अभियानको सुरु गरेको उनको भनाई थियो ।

यस्तै कार्यक्रममा केन्द्रिय सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीले जनताले सरकार र सार्वजनिक सरोकारका निकायले सञ्चालन गरिरहेका कामहरुको आलोचना गर्नु, नागरिकलाई सू—सुचित गर्नु, तथा खबरदारी गर्नु स्वतन्त्र प्रेसको महत्वपूर्ण भूमिकामाथि आज राज्यतहबाटै अंकुश लगाउनु, नागरिकलाई बोल्न पाउँदैनस, विरोध गर्न पाउँदैनस् भन्नु नै सर्वसत्तावाद भएको उनको टिप्पणी थियो ।

मुलुकमा लामो राजनैतिक संघर्ष र वलिदानीबाट वर्तमान अवस्था आएको बताउँदै नेता भण्डारीले, लोकतान्त्रिक विधि, मूल्य र मान्यताको रक्षार्थ सरकारका काम गर्नुको साटो, निरंशकुसता तर्फ उन्मुख हुनु, अनियमिततालाई ढाकछोप गर्नु, जनताका आधारभूत समस्यालाई छाडेर अन्यत्रै भौतारिनु राम्रो काम नभएको बताए ।

केन्द्रिय सरकार गठनभएको १५ महिना वितेको र स्थानीय सरकार गठन भएको २ वर्ष वितिसक्दा पनि जनताका आधारभूत आवश्यकताको पहिचान नगरी बस्नु यो सरकारको सबै भन्दा ठूलो कमजोरी भएको उनले बताए । त्यससँगै आज नेपालमा बढदो भ्रष्ट्राचार, महंगी, असान्ति, असुरक्षा नियन्त्रणमा लिन नसक्दा दुई तिहाई बहुमतको सरकार प्रति जनताको आक्रोश र आलोचना बढ्नुको कारण भएको बताए । देशमा वाईडबडि प्रकरण, मेलम्चिपानीको अनियमितता प्रकरण, बालुवाटारको जग्गा अतिक्रमण, एनसेल काण्ड, बुढिगण्डकी प्रकरणमा सत्तासिनहरुनै अरबौंको भ्रष्ट्राचारमा मुछिदा त्यसबारे नियमन गर्ने निकायहरुमा समेत सरकारको प्रत्यक्ष छायाँ परेको उनको आरोप थियो ।

यस्तै कार्यक्रममा बोल्ने, स्थानीय वक्ताहरुले ढोरपाटन नगरपालिकामा बढ्दै गएको अनियमितता, विधिको शासन उल्लंघन भएका सवाल, यहाँको विकास निर्माण र योजनाहरुमा देखिएको ढिलासुस्ति, नयाँ शहरी योजनाको वजेट कार्यान्वय नहुँदा, यसले गति लिन नसकेको विषय र स्थानीय सरकारको मनपरिका कारण जनतामा छाएको निरासाको विषयमा काँग्रेसले आफ्नो ध्यानाकर्षण भएको विषयमा बालेका थिए । उनीहरुले ढोरपाटनमा बन्नु पर्ने उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना, ढोरपाटन एयरपोर्ट तथा अर्नाकोट एउरपोर्ट, नयाँ शहरी योजनामा देखिएको ढिलासुस्तिमा नगर पालिकाको ध्यान पुन्ग नसक्नु नेतृत्व क्षमतामा देखिएको कमजोरी मुख्य कारण भएको आरोप समेत लगाएका छन् ।

सोही अवसरमा गत बर्ष एसइइमा सर्बोतकृष्ट जिपिए ल्यान सफल दलित छात्र अंकित रसाइली , छात्रा काठेखोला गाउँपालिका ६ निवसी सिता बि.क, कक्षा १२ मा ताराखोला गाउँपालिका वडा नं ५ निवासी मधुसुधन बि.क, छात्रा गल्कोट नगरपालिका १ निवासी धनुष विश्वकर्मा र स्नातकतहमा सर्बोत्कृष्ट जिपिए ल्याउन सफल बा.न.पा. ४ निवासी अनिल परियारलाई पुरस्कार समेत बितरण गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर थापा, पूर्व राज्यमन्त्री चम्फादेवी खड्का लगाएत बोलेका थिए । कार्यक्रम नेपाल दलित संघ बागलुङका अध्यक्ष तारबहादुर विश्वकर्माको अध्यक्षता, यामु पौबीको स्वागत मन्तव्य तथा शंकर परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *