सन्चार क्षेत्रमा रुची राख्नेहरुका लागि पत्रकारिता तथा उदघोषण तालिम महत्वपूर्ण !

बुर्तिवाङ २०७३ चैत १५ । बुर्तिबाङमा मंगलवार देखि एक हप्ते पत्रकारिता तथा उदघोषण तालिम सुरु भएको छ । ढोरपाटन नगरपालिका अधिकारी चौरको ग्रामीण विकास मञ्चको आयोजना सामुदायिक रेडियो परिवर्तनको समन्वय र नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा तालिम शुरु भएको हो ।

एक हप्तासम्म चल्ने तालिममा समाचार संकलन तथा लेखन, र वाचन उद्घोषण, रेडियो कार्यक्रम उत्पादन, प्रस्तुतिकरण, रिपोर्टिङ लगायतका विषयमा प्रशिक्षण हुने बताइएको छ । साँसद नरबहादुर थापाद्धारा साँसद विकास कोष मार्फत बिनियोजित बजेटको सहयोगमा आयोजित तालिममा विभिन्न स्थानका गरि ३२ जनाको सहभागीता रहेको छ ।

कार्यक्रममा बोल्दै तालिमका प्रशिक्षक एवं नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद सदस्य तथा रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीले, व्यक्तित्व विकास र सञ्चार क्षेत्रमा लागेर पत्रकारिता गर्छु भन्ने ईच्छा राख्नेहरुका लागि तालिम मार्गनिर्देशक हुन सक्ने बताए ।

उद्घाटन कार्यक्रममा रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डे, आयोजक संस्थाका अध्यक्ष उमेश बुढा मगरले शुभकामना मंतव्य व्यक्त गरेका थिए ।

तालिमको पहिलो दिन तालिममा नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद सदस्य राम सुवेदी र महासंघका जिल्ला सदस्य तथा रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र सुनारले सञ्चार, आम सञ्चार, समाचार तथा समाचार लेखनको अभ्यास सहितको प्रशिक्षण दिएका थिए ।

तालिममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष तथा धौलागिरी एफएमका सम्पादक दिल शीरिष, महासंघका जिल्ला कोषाध्यक्ष तथा परिसूचन साप्ताहिकका कार्यकारी सम्पादक विजय राना, महासंघका ४ नं. क्षेत्रिय पार्षद सदस्य प्रशान्त घर्ति मगरले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.