बिहुँकोटका १२ प्राथमिक बिद्यालयका बिद्यार्थीहरुलाई झोला र शैक्षिक सामाग्री वितरण !

भरत सापकोटा, विहुँ २०७६ जेठ ११ । जापान समाज बिहुँकोट द्वारा बिहुँकोटमा रहेका १२ प्राथमिक बिद्यालयका बिद्यार्थीहरुलाई झोला र शैक्षिक सामाग्रि वितरण गरेको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा ५र६मा रहेका १२ वटा प्राथामिक बिद्यालयका ५५० बिद्यार्थीहरु झोला कपि र कलम लगाएतका शैक्षिक सामाग्रीहरु बितरण गरिएको हो। बागलुङ जिल्लाको बिहुँकोटबाट जापानलाई कर्मथलो बनाएर आफ्नो श्रम र रगतलाई पसिनामा बदल्दै जन्म भुमिमा परेका हरेक मानवीय विपद प्राकृतिक प्रकोप जस्ता गाउँबासीले भोग्नु प्रत्येक संमस्याहरु गाउंबासीहरुका घाउमा केहि भएनि मलहम लगाउने उदेश्यले स्थापित यस संस्थाले बिहुँकोटमा १ करोडको अक्षय कोष स्थापना गर्दै हरेक बिपदमा साथ दिदै आएको बिहुँकोट समाज जापानका अध्यक्ष देबिलाल सुवेदीले जापानबाट टेलिफोनमा जानकारी दिए। उनले भने हामीले त्यस क्षेत्रका धार्मिक तिर्थ स्थलहरु दैबिक विपदहरुमा त्यस्तै शैक्षिक क्षेत्रमा स्वाथ्य क्षेत्रहरुमा पनि ठुलो रकम सहयोग गरिसके समेत बताए।

सो कार्यक्रममा प्रत्येक बिद्यालयहरुलाई आवश्यक पर्ने प्राथमिक उपचारका लागि आवश्यक औषधिहरु समेत बितरण गरिएको जापान समाज बिहुँकोटका कोषाध्यक्ष नारायण कडेंलले ईबागलुङलाई जानकारी दिए ।

उनले अहिले यो झोला तथा शैक्षिक सामग्रिी बितरण कार्यक्रममा रु ४ लाख ५० रुपैयाँ खर्च गरिएको समेत जानकारी दिए।

सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष अमर थापाले परोपकारी उद्देश्य राखेर स्थापित यस सामाजिक संस्थाको कार्यपनि परोपकारी रहेको बताउदै बिहुँकोटमा मात्र यस्ता परोपकारी काम नगरेर गाउँपालिका भरी सहयात्रा बढाउन आग्रह गरे।

कतिपय यस्ता गरिब परिवारका बिद्यार्थीहरु यी बिद्यालयहरुमा अध्यापन गरिरहेका छन् उनिहरु को झोला किन्न सक्ने समेत अवस्था नरहेकाले यो संस्थाको सामाजिक र परोपकारी उदेश्य नै ठुलो र उपयोगि छ ।यस्ले रयो समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेको बताउदै यस क्षेत्रलाई धार्मिक पर्यटन र आर्थिक बिकासमा टेवा पुर्याउन यस्ता संस्थाले लगानी गर्न सकोस लगानि मैत्री बाताबरण आफुँहरुले निर्माण गरेर सहकार्य गर्न आतुर रहेको बताए।

सो संस्थाले अमर मा बि,अमर प्रा बि ,नवयुवक आधारभुत, कर्लिम आधारभुत,ग्राम विकाश आधारभुत,खोलातिर आधारभुत ,भिमशेन प्रा बि ,बालबिकास प्रा बि प्रजातंन्त्रदयो प्रा बि श्रीराम प्रा बि लगाएत को १२बिद्यालय९६५०लाई झोला० बालबिकास बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री गरि कुल ६००सय बिद्यार्थीहरु उक्त सामाग्रि बितरण गरिएको कार्यक्रममा वडा ५ का वडा अध्यक्ष शिव प्रसाद कडेंल गाउँकार्यपालिका शिक्षा समितिका संयोजंक बिद्यापति शर्मा बिहुँकोट समाज जापान कान्साई का संयोजक कृष्ण सुवेदी यस संस्थाका सदस्य बिष्णु प्रसाद कडेंल लगाएतले मन्तब्य राखेको सो कार्यक्रमको स्वागत बिहुँकोट समाज जापानका सदस्य ज्ञान कुमारी श्रीस शर्माको रहेको थियो।

जापान समाज बिहुँकोट अध्यक्ष गौरिशंकर सुबेदि को सभापत्तित्व मा सम्पन्न यस कार्यक्रमको संचालन सचिव भिष्म कडेंलले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.