गल्कोट नगरपालिका ८ को सभाहल सहितको वडा कार्यालयको भवन निर्माण कार्य तीब्र

गुमानसिँह भण्डारी, गल्कोट २०७६ जेठ ११ । गल्कोट नगरपालिका ८ को सभाहल सहितको वडा कार्यालयको भवन निर्माण कार्य तीब्र पारिएको छ । नगरपालिकाको नगरगौरवको योजना अन्तर्गत ५५ लाखको लागतमा निर्माण कार्य अगाडि बढाईएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । दुई तले भवनको तल्लो तलामा शौचालय सहित ६ कोठा र माथिल्लो तलामा १ सय ५० जना अटने सभाहल रहने वडा अध्यक्ष रामप्रसाद शर्माले बताए ।

गत फागुन २८ गते देखि निर्माण सुरू गरिएको भवनको करिब ६५ प्रतिशत कार्य सम्पन्न भएको उपभोक्ता समितिका सहसचिव दिपक कडेलले जानकारि दिए । आगामि जेठ १७ गते ढलान गर्ने गरि भवनको अहिले सटिङको कार्य चलिरहेको कडेलको भनाई छ । भवनको निर्माण कार्य असार २० गते भित्रै सम्पन्न हुने समितिले जनाएको छ । हाल नगरपालिका भित्रका नगरगौरव योजनाको निर्माण कार्य तिब्र पारिएको नगर प्रवक्ता हिम बहादुर भण्डारिले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.