आजको तस्वीर : सुगंगा सन्चार सम्मानव्दारा ६ जना पत्रकार सम्मानित !

किरण आचार्य, बागलुङ २०७६ जेठ ११ ।सुगंगा सन्चार प्रालि, बागलुङले शनिवार नेपाल पत्रकार महासंघ बागलुङको भवनमा सबागलु«ङ जिल्लाको ग्रामिण ईलाकाहरुका कुना कन्दरामा रहेर लामो समयदेखी अथक परिश्रमका साथ स्थलगत रिपोर्टिङ, समाचार संकलन एवं सम्प्रेषण गरी गाउँघरमा ओझेलमा परेका यावत कुराहरु सन्चार माध्यमहरु मार्फत सार्वजनिक गरी जनजनमा सुसूचित गर्ने गहन भूमिका निर्वाह गर्ने ६ जना युवा पत्रकारहरुलाई सुगंगा संचार सम्मानव्दारा सुशोभित गरेको छ ।

सुगंगा सम्मान कार्यक्रमका प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी श्री लुकबहादुर क्षत्रीले काठेखोला गाउपालिका ५ बिहुँका पत्रकार श्री भरत प्रसाद सापकोटा, बडीगाड गाउपालिका ७ का पत्रकार श्री बिमल खड्का, निसीखोला गाउपालिका ४ झिम्पाको पत्रकार श्री डम्मर बहादुर बुढामगर, ताराखोला गाउपालिका ४ ताराका पत्रकार श्री पूर्णभद्र निउरे, ढोरपाटन नगरपालिका लुकुरवनका पत्रकार सुमन सुनार तथा ढोरपाटन नगरपालिका बुर्तिवाङका पत्रकार झरना कँडेललाई नगद रु ५ हजार सहित सुगंगा सम्मान व्दारा सम्मानित गर्दै भविष्यमा पत्रकारिता क्षेत्रमा रहेर सेवा गर्न आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीसले नवागत प्रमुख जिल्ला अधिकारी क्षत्री तथा पुरस्कृत पत्रकारहरुलाई महासंघमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी क्षेत्री तथा सम्मानित पत्रकारहरुलाई हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।

कार्यक्रममा सम्मानित पत्रकारहरुबाट पत्रकार भरत प्रसाद सापकोटाले मन्तव्य राखेका थिए ।

सुगंगा सन्चार प्रालिका संचालक एवं ईबागलुङ अनलाईन पत्रिकाका प्रधान संपादक बिदुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन नेपाल पत्रकार महासंघका सचिव राम थापा अविरलले गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पदाधिकारी एवं विभिन्न सन्चारमाँध्यमहरुमा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.