ईलाका प्रशासन कार्यालय बुर्तिवाङबाट नाबालिक परिचयपत्र वितरण सुरु !

बुर्तिवाङ २०७६ जेठ ११ । ईलाका प्रशासन कार्यालय बुर्तिवाङबाट शुक्रवार देखी नाबालिक परियच पत्र वितरण कार्य प्रारम्भ गरिएको छ ।
ईलाका प्रशासन कार्यालय बुर्तिवाङबाट नेपाली नागरिकताको प्रमाण पत्र तथा राहदानी वितरण कार्य हुँदै आएपनि नाबालिक परिचय पत्र वितरण गरिएको थिएन ।

जिल्लाको अति विकट मानिने निसीभूजी क्षेत्रका जनतालाई नाबालिक परिचय पत्र लिन सदरमुकाम सम्म आउ/जाउ गर्ने समस्यालाई मध्यनजर गरी प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले शुक्रवार नाबालिक परिचय पत्र वितरण गर्ने अधिकार ईलाका प्रशासनका शाखा अधिकृतलाई प्रत्यायोजन गरेपछी निसीखोला गाउँपालिकाकी एक नाबालिक किशोरीले परिचय पत्र प्राप्त गरेकी हुन् ।

ईलाका प्रशासन कार्यालय बुर्तिवाङबाट ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडीगाड गाउपालिकाहरुका जनताले नेपाली नागरिकता, राहदानी आदिको सुवित प्राप्त गरिरहेकोमा शुक्रबार देखी नाबालिक परिचय पत्र समेत वितरण गरिन थालेपछी यस भेगका जनताले राहतको महसूस गरेका छन् ।

ईलाका प्रशासन कार्यालय बुर्तिवाङबाट शुक्रबार निसीखोला गाउपालिका ५ की नाबालिक शीला घर्तीमगर नाबालिक परिचय पत्र पाउने पहिलो नाबालिक बनेकी छन् । २०६१ फागुन १३ गते जन्मिएकी शीला घर्तीमगरलाई ईलाका प्रशासन कार्यालय बुर्तिवाङका शाखा अधिकृत सन्तोष शर्माले नाबालिक परिचय पत्र हस्तान्तरण गरेका थिए ।

तस्वीर: दर्शन कुँवर, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *