नेकपा माओबादी केन्द्रको काठेखोला गापा र ढोरपाटन नपामा भेला सम्पन्न !

कोपिला कंडेल/ कृष्ण कँडेल, बागलुङ २०७३ चैत १५ । नेकपा माओबादी केन्द्र काठेखोला नगरपालिका २ को भेला आज भिमपोखरामा सम्पन्न भएको छ । भेलाले कुलमान बिकको अध्यक्षतामा १७ सदस्यीय नयां कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भोलानाथ पौडेल, सचिव भिम बहादुर किसान, सहसचिव भिमबहादृुर किसान र कोषाध्यक्ष आरती किसान लगायत १७ जना रहेका छन् ।

त्यसैगरी गोबिन्द केसी संयोजक रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको नेकपा माओबादी केन्द्र काठेखोला गाउपालिकाले जनाएको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण केसीले जनतालाई अधिकार सम्पन्न गराउनका लागि स्थानिय निर्वाचन अपरिहार्य हुने बताए । मुलुकको चौतर्फी बिकास र निकासको लागि आगामी स्थानिय बिकासको निर्वाचनमा नेकपा माओबादी केन्द्रलाई अत्याधिक मतका साथ बिजयी गराउन आग्रह समेत गरेका थिए । सो अवसरमा नेकपा माओबादी केन्द्र काठेखोला गाउंपालिकाका ईन्चार्ज मिरा सुनार लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

नेकपा माओबादी केन्द्र जिल्ला कमिटिका सचिवालय सदस्य लक्ष्मी खड्का, पाला १ का अध्यक्ष टीका थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम काठेखोला गाउ पालिकाका अध्यक्षता गोबिन्द केसीको अध्यक्षता र सदस्इ भिम बहादुर किसानको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

यसैगरी बुर्तिवाङबाट सहकर्मी कृष्ण पाठकले दिएको जानकारी अनुसार नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका वडा नम्बर–४ खुङ्गाको वडा सम्मेलनले बलबहादुर सिरपालिको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरको छ ।

वडा समितिको उपाध्यक्षमा जसबहादुर विक, सचिबमा दिर्घलाल गैरे, सहसचिबमा बसन्ति सिरपाली र कोषाध्यक्ष मिलन विक रहेका छन् ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन नगरपालिकाका ईञ्चार्ज राजेन्द्र कुँवरले समानुपातिक समाबेसी निर्वाचन प्रणलीले गर्दा पछाडि परेको महिला र दलित सहित अल्पसंख्याक समुदायको प्रतिनिधित्व सुनिष्चित भएको बताए ।

सो अबसरमा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन गरपालिकाका सहईञ्चार्ज चन्द्र आर्याल, संयोजक भिम गौतम र अर्का राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा निसीखोला गाउँपालिका संयोजक कुबिर विश्वकर्मा र दलित मुक्तिमोर्चा बागलुङका सदस्य लोकबहादुर विकले मन्तब्य राखेका थिए ।

सम्मेलन बलबहादुर सिरपालिको अध्यक्षता, मिलन विकको स्वागत र दिर्घलाल गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *