बागलुङ नगरपालिका – ६ मा नेकपाको सपथ ग्रहण कार्यक्रम सम्पन्न !

कृष्णप्रसाद सापकोटा, बागलुङ २०७६ जेठ ११ । नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङ नगरपालिका ६का पदाधिकारीले शुक्रबार शपथ ग्रहण गरेका छन । नेकपाका प्रदेश कमिटि सदस्य यज्ञबल्लभ शर्मा तथा नेकपा जिल्ला कार्यालय सदस्य लाल बहादुर थापाले बानपा ६ लहरेपिपलमा नव गठिन समितिलार्ई सपथ ग्रहण गराएको हो । नेकपा एमाले र माओवादी केन्द्र एकिकरण घोषणा भएको करिब १ वर्षपछि बडा कमिटिले पुर्णता पाएसँगै सपथ ग्रहण गराईएको हो ।

शपथ ग्रहण समारोहका नेकपाका यज्ञबल्लभ शर्माले कम्युनिष्ट पार्टी २७ वटासम्ममा विभाजन भएको स्मरण गर्दै ७० वर्षपछि सबैभन्दा ठुलो र एक भएको उल्लेख गरे । वर्गिय स्वार्थ र आवश्यकताले एकता सम्भव रहेको जनाउँदै उहाँले समावेशी सहभागितामा जोड दिए । साथै उनले सरकार विकास निर्माणमा अघि वढेको प्रसंग उल्लेख गर्दै जनताले परिणाम खोजेको र केन्द्र, प्रदेश र स्थानिय तहमा पार्टी हावी हुदाँ यहि बेला सबै मिलेर काम गर्नुपर्ने बताए।

कार्यक्रममा नेकपाका जिल्ला कमिटि कार्यालय सदस्य लाल बहादुर थापा, जिल्ला सदस्यहरु खिमराज सापकोटा, नगर कमिटिका सचिव इन्द्र बहादुर के.सी. लगाएतले मन्त्यव्य राखेका थिए ।

वडा समिति अध्यक्ष गोविन्द शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव शान्ता नेपाली तथा स्वागत सदस्य टेक बहादुर थापाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.