१३ बिद्यालयका १०० खेलाडीको सहभागितामा उपराष्ट्रपति कप चिल्ड्रेन गेम सम्पन्न !

भरत सापकोटा, बिहुँ बागलुङ २०७६ जेठ ११ । बागलुङ जिल्लाका १३ बिद्यालयका करिब १०० खेलाडीको सहभागितामा उपराष्ट्रपति कप चिल्ड्रेन गेम (२०७६)मा बिहुँकोट लालिगुराँस बोर्डिङ स्कुललाई ७ खेलमा सफलता मिल्यो ।

पुरुस ४० के जि तौल समुहमा अमर मा बि का सुगम गुरुङलाई हराउदै सुरज के सीलाई दुई स्वर्ण,छात्र ३५ के जीमा जनता बोर्डिङ स्कुल बुर्तिबाङका सन्तोष भण्डारीलाइ हराउदै गुन्जन श्रीसलाई दुई स्वर्ण छात्र ३० के जि मा जनता बोडिङ्गका बिजय भण्डारीलाइ हराउदै दिप्नस पुन १ स्वर्ण प्राप्त गर्न सफल भएको बिहुँकोट डोजोका प्रशिक्षक कृष्ण प्रसाद कडेलले जानकारी दिए।

त्यस्तै छात्र तथा छात्रा कातामा पनि गुन्जन श्रीस र सुरज कडेंललाई सफलता मिलेको बताउदै प्रदेश स्तरिय सहभागिताका लागि पोखरा प्रस्थान गरेकाे जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.