खर्वाङमा बडीगाड गाउपालिकाका शिक्षकहरुको लागी आइ.सि.टि. तालिम सुरु !

कमल पौडेल, खर्वाङ २०७६ जेठ १० । बडीगाड गाउँपालिका भित्रका आधारभुत तथा माध्यमिक तहका शिक्षकहरुको लागी ५ दिने सुचना सञ्चार, तथा प्रविधि सम्बन्धि आधारभूत तालिम खर्वाङमा सुरु भएको छ । बडीगाड गाउँपालिका शिक्षा शाखाको आयोजनामा सो तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले शिक्षक दौडिदा मात्रै विद्यार्थी हिँड्न सक्ने भएकोले समयनिष्ठ, कर्तव्य निष्ठ हुन र लगनशिल हुन शिक्षकहरुलाई आग्रह गरे । सिप सिक्न चाहने र प्रविधि प्रयोग गर्न चाहने विद्यालय, शिक्षकहरुलाई गाउँपालिका सहयोग गर्न तयार रहेको भन्दै अध्यक्ष पाईजाले सिकेको सिपलाई कक्षाकोठामा लागूगर्न आग्रह समेत गरे ।

कार्यक्रममा शिक्षा अधिकृत कृष्णराज रेग्मीले कक्षा कोठामा सिकाई प्रभावकारी गराउन आइसिटिको प्रयोग जरुरी रहेको बताए ।

उद्घाटन कार्यक्रम त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारीको अध्यक्षता तथा शिक्षक कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। तालिममा बडिगाड गाउँपालिका भित्रका २४ जना शिक्षकको सहभागिता रहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *